Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी सेमिफाइनलमा
60
SHARES
ShareTweet

सैनामैना डिभिजन ‘बी’मा घटुवा
प्रकाश न्यौपाने
भैरहवा, २२ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल प्रवेश गरेको छ भने सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा सबै विकेटको क्षतिमा १८० रन बनायो । उसका लागि प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए । बलिङमा सैनामैनाका बसन्त खड्काले ५ ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १÷१ विकेट लिए ।
जवाफी व्याटिङ गरेको सैनामैना २५.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै समेटियो । उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७.३ ओभरमा ३ मेर्डन राख्दै १३ रन खर्चेर ७ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, अर्जुन करोसले २ तथा एजाज आलमले १ विकेट लिए । आइतबार डिभिजन ‘ए’ को समूह ‘बी’मा रहेका जीआर क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

≪ Previous Post

रोटरी हाफ म्याराथुनको उपाधी अनिश र भावनालाई

Next Post ≫

नीति र व्यवस्था फेरिए पनि महिलाको अवस्था फेरिन सकेन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क