Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ चिदिका–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पन्थी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिदिका–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पन्थी

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७७ · 0
चिदिका–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पन्थी
50
SHARES
ShareTweet

बुटवल, २२ फागुन । चिदिका–रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा केशवराज पन्थी चयन हुनुभएको छ । समाजको सातौंं साधारण सभा तथा चौथो अधिवेशनले पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा गीता ज्ञवाली, सचिवमा जिवनाथ अर्याल, कोषाध्यक्षमा कमल अर्याल र सहसचिवमा हेमनाथ ज्ञवाली चयन हुनुभएको छ । समाजको सदस्यहरुमा टेकबहादुर टण्डन, गणेश पौडेल, यमलाल पौडेल, रामप्रसाद पन्थी, बाबुराम अर्याल, नजरदिन मिया, टामलाल ज्ञवाली र बलराम पन्थी रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष पन्थीले अघिल्लो कार्यसमितिले अगाडि सारेका राम्रा कामलाई निरन्तरता दिंदै थप सामाजिक र रचनात्मक काममा समाजलाई अग्रसर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै संविधानसभा सदस्य नेत्रप्रसाद पन्थीले आफू पनि छत्रदेव र चिदिकाबासी भएकाले त्यस क्षेत्रको विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहांले समाजले अगाडी सारेका कामलाई सबै सदस्यहरुले सामूहिक रुपमा सहयोग गर्नुपर्नेमा जोड दिंदै समाजको संस्थागत विकासका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।
समाजका अध्यक्ष इश्वरी ज्ञवालीले कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो कार्यकालमा सोंचेअनुरुप कार्यक्रम अगाडि बढाउन नसकिएको भन्दै समाजका योजना र कार्यक्रमलाई निरन्तरता दिन आगामी नेतृत्वलाई सुझाव दिनुभयो । त्यस अवसरमा समाजका निवर्तमान अध्यक्ष पुरुषोत्तम अर्याल, छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रकाशराज पन्थी, समाजका सल्लाहकार अर्जुन ज्ञवाली, उपाध्यक्ष गिता ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञवालीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जिवनाथ अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका गतिविधिलाई सञ्चारको क्षेत्रबाट आम जनमानसमा पु¥याउन सहयोग पु¥याएको भन्दै चिदिकाबासी पत्रकार लक्ष्मण पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

≪ Previous Post

शिक्षकहरु प्रति राज्यले असमान व्यवहार गरिरहेको छ : गिरी

Next Post ≫

रोटरी हाफ म्याराथुनको उपाधी अनिश र भावनालाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क