Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शिक्षकहरु प्रति राज्यले असमान व्यवहार गरिरहेको छ : गिरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षकहरु प्रति राज्यले असमान व्यवहार गरिरहेको छ : गिरी

संसारपोस्ट संवाददाता · २२ फाल्गुन २०७७ · 0
शिक्षकहरु प्रति राज्यले असमान व्यवहार गरिरहेको छ : गिरी
90
SHARES
ShareTweet

केन्द्रीय प्रतिनिधि, जिल्ला सदस्य र क्षेत्रीय अध्यक्षहरुलाई सम्मान
भैरहवा, २२ फागुन । नेपाल शिक्षक संघका केन्द्रीय महासचिव सोमनाथ गिरीले तहगत तथा बिशिष्ट श्रेणीसम्म शिक्षकहरुले बढुवा र हरेक तहका शिक्षकहरुले सम्मानजनक पारिश्रमिक पाउनुुपर्ने माग गर्नुभएको छ ।
हरेक नागरिकलाई समान रुपमा हेर्नुपर्नेमा राज्यले शिक्षकहरु प्रति असमान व्यवहार गरिरहेको टिप्पणी गर्दै उहांले राज्यले शिक्षकहरुको हातखुट्टा बांधेर युद्धमा लड्न जाउ भन्ने जस्तो अवस्था सिर्जना गरेको आरोप लगाउनु भयो ।
नेपाल शिक्षक संघ रुपन्देहीको भैरहवामा सम्पन्न २३ औं जिल्ला प्रतिनिधि सभामा बोल्दै महासचिव गिरीले राज्यले सबै नागरिक प्रति समान ब्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघीय प्रतिनिधि नेत्रलाल न्यौपाने र कमला पाण्डे, लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, पूर्व जिल्ला अध्यक्ष रबिन्द्र राना र बलराम शर्मा, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज भण्डारी, सचिव लिलाधर न्यौपाने, ट्रेड यूनियन कांग्रेस रुपन्देहीका सचिव हिम बहादुर के.सी., दलित संघ रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजन लगायतले बोल्दै सबैभन्दा सम्मानित शिक्षण पेशा प्रति राज्यको विभेदकारी नीतिका कारण शिक्षाप्रति आकर्षण कम हुनगएकोले शिक्षामा लगानी र जनशक्ति बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको जिल्ला प्रतिनिधि सभामा २०५७ सालदेखि छैठौं अधिवेशन सम्मका केन्द्रीय प्रतिनिधि, जिल्ला सदस्य र क्षेत्रीय अध्यक्षहरुलाई सम्मान गरिएको थियो । यस्तै सो अवसरमा पेशागत विज्ञ समिति र विषय विज्ञ समितिमा रहेका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट नगर समितिका रुपमा बुटवल, उत्कृष्ट गाउँपालिकाका रुपमा मायादेवी, उत्कृष्ट महिला विभागका रुपमा देवदह र उत्कृष्ट श्रोत व्यक्तिका रुपमा हिम बहादुर के.सी.लाई पुरष्कृत गरिएको थियो ।
सभामा अध्यक्ष कुलप्रसाद लामिछानेको नीति तथा कार्यक्रम, सचिव राजमहेन्द्र रायको सांगठनिक प्रतिवेदन, महिला विभाग संयोजक इन्दु पौडेलको विभागीय प्रतिवेदन र अर्थ सचिव विश्वनाथ न्यौपानेको आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको छ ।
नेपाल शिक्षक संघको लुम्बिनी प्रदेशको प्रतिनिधि भेला चैत्र ६ र ७ गते लुम्बिनीमा र केन्द्रीय भेला चैत्र २० देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ ।

≪ Previous Post

नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला

Next Post ≫

चिदिका–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पन्थी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क