Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0
नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला
80
SHARES
ShareTweet

बुटवल, २१ फागुन । मानब कल्याण मित्र मञ्च नेपाल द्धारा नेपाली नारीका समस्या र समाधानका उपाय’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका भित्र रहेका समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको बिच प्रतियोगिता भएको थियो । प्रतियोगितामा शान्ति माविकी सृष्टि खरेल प्रथम, सेमरा माविकी प्रिया विक द्धितीय र भुल्के माविकी दिपिका पल्ली तृतीय भएका छन् ।
तिलोत्तमा नगर उप प्रमुख जागेश्वरी देवी चौधरीले आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दै गएको बताउनु भयो । उहाँले घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको र सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको बताउनु भयो ।
कार्यक्रममा प्रवासी नेपाली मित्र मन्च भारतका उपाध्यक्ष सरस्वती भण्डारी, महासचिव रघुनाथ पाण्डे, हाम्रो स्वाभिमान महिला विभाग अध्यक्ष अनिता ज्ञवाली, संरक्षक पुरुषोत्तम भट्टराई, महिला विभाग अध्यक्ष पार्वती केसी, शान्ति नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रअ कुल प्रसाद लामिछानेलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
मानब कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षता र मञ्चका सदस्य यादा क्षेत्रीको स्वागत संगै मञ्चका सचिव कविता पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
तिलोत्तमा नगरपालिका भित्रका शान्ति नमुना मावि, गौतम बुद्ध मावि, जनता मावि, सेमरा मावि, जनहित मावि, जनज्योती मावि, शंकरनगर दूर्गादत्त मावि, जनभावना मावि, गिवार्ण सरस्वती सस्कृत विद्यालय र भुल्के माविका छात्राको प्रतियोगितामा सहभागिता रहेको थियो ।

≪ Previous Post

प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

Next Post ≫

शिक्षकहरु प्रति राज्यले असमान व्यवहार गरिरहेको छ : गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क