Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७७ · 0
सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी
100
SHARES
ShareTweet

फागुन १६, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको हो । सन्जिवनीले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितकालागि तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यानअफ द म्याच समेत बनेका छन् ।
प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछि लुम्बिनी नव युवा क्लब वाकओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिनुभयो । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिता बाट बाहिरिएका छन् ।
प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेल बुटवल युथ क्लव र आर.आर. चिलिया बिच हुनेछ भने दोस्रो खेल तिलोत्तमा वडानम्बर १ र सैनामैना क्रिकेट क्लव विच हुने आयोजकले जानकारी दिएको छ ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपकशर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा कार्यक्रम भएको थियो ।
प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागत तप
र्m म्यानअफदि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदीयमान खेलाडीले नगद ५÷५ हजार पुरस्कार प्राप्त गर्ने छन् भने हरेक खेलका म्यानअफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका दुई जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

≪ Previous Post

बुटवलमा पहिलो पटक ‘विद्यार्थीसँग नेप्से’ सेमिनार

Next Post ≫

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क