Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७७ · 0
पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग
60
SHARES
ShareTweet

बुटवल, १६ फागुन । होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्यता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा भएको २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्ने वक्ताले पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारले स्पष्ट पर्यटन नीति बनाउन व्यवसायीले माग गरे । आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको गुनासो पनि गरे । पर्यटन व्यवसायीले सरकारले दिएको पुनरकर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदा पनि आधिकारिक निकायहरु मौन रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताउनु भयो । पर्यटन देखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने उहांले बताउनुभयो । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै सभासद श्रेष्ठले कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको बताउनु भयो । सांसद श्रेष्ठले रुपन्देहीका हरेक संघसंस्थाहरु अब्बल रहेको उल्लेख गर्दै रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्व बन्ने बताउनुभयो । पर्यटन व्यवसायमा नीजि क्षेत्रको ठूलो लगानी लागेकाले लगानीको संरक्षण र व्यवसायमैत्री वातावरण कायम गर्ने दायित्व राज्य र सरकारको हो भन्नुभयो । अध्यक्ष शाहले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधान उपलब्ध गराउन समेत माग गर्नुभयो । पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी उहांले गराउनुभयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सचिव माधव नेपाल, हानका केन्द्रिय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बांके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कडेल, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुइटेल लगायतले बोल्नु भएको थियो । संघका अध्यक्ष समुन्द्र जीसीको अध्क्षता, वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको स्वागत र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । साधाारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट टिकाराम घिमिरे, उत्कृष्ट व्यवसायी लाइमनलेमन क्याफेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ ।

≪ Previous Post

सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी बिजयी

Next Post ≫

संसदीय समितिहरु प्रभावकारी हुन सकेनन् : सभामुख घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क