Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आम जनताको भावना बुझेर फैसला गर्न सर्वोच्चलाई गगनको सुझाव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आम जनताको भावना बुझेर फैसला गर्न सर्वोच्चलाई गगनको सुझाव

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
आम जनताको भावना बुझेर फैसला गर्न सर्वोच्चलाई गगनको सुझाव
90
SHARES
ShareTweet

कावासोती, ९ फागुन । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसद विघटनको मुद्दामा सर्वोच्चले आमजनताको भावना बुझेर फैसला गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आइतबार पूर्वी नवलपरासीको हुप्सेकोटमा नेपाली काँग्रेसको आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री र उहांका केही सीमित पक्षधर बाहेक सबैले संविधान विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको बताउँदै सर्वोच्चलाई आमजनताको भावना बुझेर फैसला गर्न सुझाव दिनुभयो ।
नेपाली जनताले यति बेला सर्वोच्चका न्यायाधीशहरुको विवेकको परीक्षण गरिरहेको बताउँदै नेता थापाले न्यायाधीशहरुले विवेक र साहस देखाउने बेला भएको बताउनुभयो । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदको दुरुपयोग गरेर संसद पुनस्थापना नगर्नका लागि सर्वोच्चलाई धम्काएको आरोप समेत लगाउनुभयो ।
आमसभामा नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेविसंघ महामन्त्री युवराज पाण्डे, पूर्व सांसद महेन्द्र ध्वज जि सी, प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, ओमकला गौतम, काँग्रेस नवलपुरका जिल्ला नेताहरु चन्द्रबहादुर राना, विष्णुकुमार कार्की लगायतले केपी ओलीले संसद विघटन गरेर संविधानको कु गरेको आरोप लगाउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघले खरिद गरेको जग्गामा संघको बोर्ड अनावरण

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क