Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान
60
SHARES
ShareTweet

बुटवल, ९ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघ स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा आईतबार संघको सचिवालय परिसर बालमन्दिरमा रक्तदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २०१० साल फागुन १० स्थापना भएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघले जनाएको छ ।
रक्तदान कार्यक्रमको सुभारम्भ गर्दै संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । कार्यसमिति सदस्य भेषराज गैरेको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा संघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य र उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो ।
रक्तदान गर्ने रक्तदाताहरुलाई त्यसै अवसरमा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघले स्थापना दिवसको अवसरमा साँझ सचिवालयमा दीपावली कार्यक्रम समेत गरेको छ । स्थापना दिवसकै अवसरमा पूर्वअध्यक्षहरुलाई सम्मान र बुटवल माध्यमिक बिद्यालयलाई डेस्क बेन्च प्रदान गरिएको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघले खरिद गरेको जग्गामा संघको बोर्ड अनावरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क