Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा
60
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, ९ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेटको क्षतिमा १६१ रनको योगफल बनायो । उसका लागि अनिल खरेलले नटआउट २७, देव खनालले २४ र राहुल विकले २३ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले ३ र रिक्की पुनले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको गोलपार्कले ३९.२ ओभरमा सबै विकेट गुमाइ ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि रिक्की पुनले ३२ र राजेश थापाले १३ रन बनाए । बलिङमा वेष्टर्नका कृष्ण कार्कीले ९ ओभरमा ५ मेर्डन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, अनिल खरेलले ३ विकेट लिए । डिभिजन ‘बी’का खेल सकिएसँगै अब मंगलबारबाट डिभिजन ‘ए’का खेलहरु हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

≪ Previous Post

अर्थमन्त्री पौडेल निर्वाचन क्षेत्र केन्द्रित शिलान्यास र उद्घाटनमा

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क