Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्थमन्त्री पौडेल निर्वाचन क्षेत्र केन्द्रित शिलान्यास र उद्घाटनमा
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अर्थमन्त्री पौडेल निर्वाचन क्षेत्र केन्द्रित शिलान्यास र उद्घाटनमा

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
अर्थमन्त्री पौडेल निर्वाचन क्षेत्र केन्द्रित शिलान्यास र उद्घाटनमा
80
SHARES
ShareTweet

बुटवल, ९ फागुन । केपीओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उद्घाटन र शिलान्यास काकार्यक्रमलाई तिब्रता दिनुभएको छ् ।
२ महिना अघि एउटै परियोजना अन्तर्गत तेस्रो पटक झुम्सा बुटवल खानेपानीको शिलान्यास गर्नुभएका कामचलाउ सरकारका मन्त्री पौडेलले अघिल्लो महिना कार्य सम्पन्न भएको झण्डै डेढ वर्ष पुगेको तिनाउ नदीको पुल उद्घाटन गर्नुभयो ।
मन्त्री पौडेलले अघिल्लो महिनामा नै २०७२ सालमा थालिएको बुटवल बेलहिया सडक खण्डको अन्तिम खण्ड राजमार्ग चौराहा देखि चिडियाखोला खण्डको पनि शिलान्याश गर्नुभएको हो । उहाँले केही महिना पहिले तिनाउ दानव नदी करिडोरको पनि शिलान्याश गर्नुभएको थियो ।
आईतवार मात्र मन्त्री पौडेलले बुटवलदेखि नुवाकोट गढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकार निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री पौडेलले गरेको शिलान्याशले सार्थकरुप ग्रहण गरे अवको डेढवर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म केवुलकारमा बसेर पुग्न सकिने छ ।
नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालिले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केहीकाम अगाडी बढाइसकेको छ । केबलकारको आवश्यक पूर्वाधाार निर्माणको काम सुरु भईसकेको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको ठेक्का लागतमा सम्झौता भएको छ । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लि ले केवलकारमा लगानी गरेका छन् ।
मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नकालागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहजहुने भएको छ ।
बाइसे चौविसे राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर र रानीकुवा समेत रहेको नुवाकोट सम्मपुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवापुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताउनु भयो ।

≪ Previous Post

सबै नागरिकलाई कोरोना विरुद्धको खोप : स्वास्थ्य मन्त्री त्रिपाठी

Next Post ≫

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क