Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सबै नागरिकलाई कोरोना विरुद्धको खोप : स्वास्थ्य मन्त्री त्रिपाठी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सबै नागरिकलाई कोरोना विरुद्धको खोप : स्वास्थ्य मन्त्री त्रिपाठी

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
सबै नागरिकलाई कोरोना विरुद्धको खोप : स्वास्थ्य मन्त्री त्रिपाठी
90
SHARES
ShareTweet

नवलपरासी, ९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले सबै नेपाली नागरिकलाई निशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहामा पञ्चनगर स्वास्थ्य चौकीको आइतबार शिलान्यास गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई निशुल्क कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउनु रहेको बताउनु भयो । उहांले सबै नागरिकलाई आफ्नो पालोमा खोप लगाउन आग्रह समेत गर्नुभएको छ । त्यसैगरी मन्त्री त्रिपाठीले सबै पालिकाहरुमा आधारभुत अस्पताल निर्माणमा पूर्णता दिन सरकार लागि परेको पनि बताउनुभयो । निर्वाचनका बेला नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेको भए पनि आफुलाई स्वतन्त्र राजनीतिक समूहको नाममा स्वतन्त्र बसेको बताउने त्रिपाठीले पछिल्लो राजनीतिक घटनाक्रम रोचक मोडमा पुगेको भन्दै दलहरुलाई आन्दोलन नगरी सर्वोच्च अदालतको आदेश पर्खन आग्रह गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख मायादेवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, नेकपा बर्दघाट नगर ईन्चार्ज रुद्रप्रकाश उपाध्याय, नेपाली काँग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, मदन आश्रित प्रतिष्ठानका अध्यक्ष यज्ञ प्रसाद खनाल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई भरतपुरको सहयोगमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकी १५ महिना भित्र निर्माण गरिसक्ने गरी ३ करोड ३० लाख ५५ हजारको लागतमा निर्माण शुरु गरिएको हो ।
बर्दघाट वार्ड नंं ९ का वार्ड अध्यक्ष एवं पञ्चनगर स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्यालको दाबी

Next Post ≫

अर्थमन्त्री पौडेल निर्वाचन क्षेत्र केन्द्रित शिलान्यास र उद्घाटनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क