Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्यालको दाबी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्यालको दाबी

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७७ · 0
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्यालको दाबी
80
SHARES
ShareTweet

बुटवल, ९ फागुन । बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले संघको अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको छ । उहांले पपुलर भोट सहित अध्यक्षमा चुनाव जित्ने दाबी समेत गर्नुभएको छ ।
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै वाणिज्य उपाध्यक्ष हरि अर्यालले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । विगतको कार्यकालमा व्यवसायीहरुको सेवामा आफुले निभाएको भूमिका र नेतृत्वमा हुनुपर्ने सबै योग्यता आफुसँग भएकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको अर्यालले बताउनु भयो ।
अध्यक्षका आकांक्षी अर्यालले समन्वय, दवाव र निर्णय गर्ने तीनैवटा क्षमता आफुसंग रहेको दाबी गर्दै अर्यालले आफु एक्लैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पनि अन्य सबै पदका उम्मेदवार आफ्नो टिम हुने बताउनु भयो । व्यवसायिक संस्थाहरुमा भाषा, जाती, आस्थाका आधारमा प्यानल बन्न नहुने भन्दै उहांले वस्तुगत व्यवसायीहरुलाई समेटेर आफ्नो टिम बन्न सक्ने उल्लेख गर्नुभयो । संघको कार्य समिति सदस्यबाट संघमा प्रवेश गरेर महासचिव हुँदै वाणिज्य तर्फका उपाध्यक्ष सम्म पुग्नुभएका आर्यालले अध्यक्ष पदका लागि आफुलाई संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहने दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा वितरित प्रतिबद्धता पत्रमा अध्यक्षका आकांक्षी अर्यालले बुटवलको प्रमुख व्यवसायिक क्षेत्र सिद्धार्थ राजमार्गको सर्भिस लेनलाई व्यवसाय मैत्री बनाउने, योगीकुटी देखि सब्जीमण्डी सम्मको बाइपास सडकलाई छिटो सम्पन्न गर्नका लागि दबाब सिर्जना गर्ने, राजस्व अनुसन्धान तथा आन्तरिक कर कार्यालयको सुविधालाई व्यवसायी मैत्री बनाउन पहल गर्ने लगायतका विषयहरु समेट्नु भएको छ ।
पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले पनि अध्यक्षको लागि तयारी गरिरहनुभएको छ ।
सोमबारदेखि फागुन १३ गतेसम्म हुन लागेको संघको ६७ औं साधारणसभा तथा २४ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । संघमा १६१३ जना सदस्य रहेका छन् ।

≪ Previous Post

संसदीय ब्यवस्थाको अन्त्यका लागि क्रान्तिको विकल्प छैन : रणनैंतिक संयुक्त मोर्चा

Next Post ≫

सबै नागरिकलाई कोरोना विरुद्धको खोप : स्वास्थ्य मन्त्री त्रिपाठी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क