Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संसदीय ब्यवस्थाको अन्त्यका लागि क्रान्तिको विकल्प छैन : रणनैंतिक संयुक्त मोर्चा
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

संसदीय ब्यवस्थाको अन्त्यका लागि क्रान्तिको विकल्प छैन : रणनैंतिक संयुक्त मोर्चा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७७ · 0
संसदीय ब्यवस्थाको अन्त्यका लागि क्रान्तिको विकल्प छैन : रणनैंतिक संयुक्त मोर्चा
110
SHARES
ShareTweet

बुटवल, ६ फागुन । रणनैंतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउंने बताएका छन् ।
रणनैतिक संयुक्त मोर्चाले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गदैं मोर्चाका नेताहरुले संसदीय ब्यवस्था जनताको व्यवस्था नभएर दलालहरुको ब्यवस्था भएकाले यसको अन्त्यका लागि क्रान्तिको विकल्प नभएको उनीहरुको भनाई छ ।
बुटवल ट्राफिकचोकमा आयोजित जनसभालाई सम्वोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था अन्त्य गरी संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि कडा संघर्षको आवश्यक्ता औल्याउनु भयो । कम्युनिष्टको नाममा मुलुकमा दलाल संसदीय व्यवस्था हावी रहेको भन्दैं नेता श्रीसले यसको अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत र धु्रबीकृत हुंनुपर्नेमा जोड दिनुभयो ।
मोर्चाका सदस्य समेत रहनुभएका नेता श्रीसले विप्लवमाथिको प्रतिवन्ध हटाउंनुपर्ने बताउंदैं विप्लवका राजनैतिक समस्या राजनैतिक रुपमा समाधान गर्न आग्रह गर्नुभयो ।
नेकपाका संयोजक ऋषिराम कट्टेलले सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध जनताले खारेज गरेको बताउंनुभयो । संसदीय व्यवस्था रहेसम्म मुलुकले निकास नपाउंने बताउंदैं उहांले ओली–प्रचण्ड कम्युनिष्टको नाममा ठग भएको टिप्पणी गर्नुभयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले मुलुकमा व्यक्तिमा नभएर दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको बताउंनुभयो । रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको उल्लेख गर्नुभयो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतालाई भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुंन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, वामपन्थी नेता शसिधर भण्डारी, माक्र्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर, नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार राङवाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा भएको थियो । कार्यक्रम पूर्व बुटवलको राजमार्गचौराहबाट शुरु भएको र्याली बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

≪ Previous Post

स्कूल बसले ठक्कर दिदा रुपन्देहीमा पैदल यात्रीको मृत्यु

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि अर्यालको दाबी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क