Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्कूल बसले ठक्कर दिदा रुपन्देहीमा पैदल यात्रीको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कूल बसले ठक्कर दिदा रुपन्देहीमा पैदल यात्रीको मृत्यु

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७७ · 0
स्कूल बसले ठक्कर दिदा रुपन्देहीमा पैदल यात्रीको मृत्यु
80
SHARES
ShareTweet

बुटवल, ६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ कुमारीमा स्कूल बसले ठक्कर दिदा एक जनाको ज्यान गएको छ । आज अपरान्ह अन्दाजी ५ः३० बजेको समयमा कुमारी स्थित भित्री सडकमा पुर्वबाट पश्चिम तर्फ गईरहेको शान्ति नमूना माध्यमिक विद्यालय मणिग्रामको लु १ क ८२४ नं.को बसले ठक्कर दिदा पैदलयात्री जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं. ११ भिरगौली बस्ने बर्ष ३४ को सुमन खौसया र सोही ठाउं बस्ने बस्ने बर्ष ३३ की आरती थापा घाईते भएका थिए । घाईतेहरुलाई तत्काल उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा सुमन खौसयाको उपचारको क्रममा मृत्यू भएको र आरती थापाको सोही अस्पतालमा उपचार भईरहेको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवले जनाएको छ ।
यस्तै हिजो गुल्मीमा भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला गुल्मी रेसुङगा नगरपालिका वडा नं. १४ तम्घासबाट पराल्मी तर्फ गईरहेको लु १ ज १९८८ नं.को जीप सडक देखि करिव ८०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको प्रहरी टोली घटना स्थलमा गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि अस्पताल पठाईएकोमा ३ जनाको उपचारको क्रममा मृत्यू भएको र अन्य घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । उपचारको क्रममा जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. १४ बस्ने बर्ष ४७ को एकराज पोखरेल, सोही ठाउं बस्ने बर्ष २८ की शान्ति नेपाली र बर्ष २७ की गोमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते गुल्मी रेसुङ्गा नगरपालिका १४ पराल्मी बस्ने बर्ष २२ को भरत पोख्रेल, सोही ठाउं बस्ने बर्ष ३७ को बिर बहादुर सुर्यबंशी, बर्ष ३७ की गोमा नेपाली र बर्ष ६६ को देव बहादुर नेपालीको पाल्पामा उपचार भईरहेको छ । घाईते रेसुङ्गा नगरपालिका १४ पराल्मी बस्ने बर्ष २७ को प्रकाश नेपाली र निजकी छोरी बर्ष ४ की खुशी नेपालीको जिल्ला अस्पताल गुल्मीमा उपचार भईरहेको छ ।

≪ Previous Post

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा

Next Post ≫

संसदीय ब्यवस्थाको अन्त्यका लागि क्रान्तिको विकल्प छैन : रणनैंतिक संयुक्त मोर्चा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क