बुटवल, ६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ कुमारीमा स्कूल बसले ठक्कर दिदा एक जनाको ज्यान गएको छ । आज अपरान्ह अन्दाजी ५ः३० बजेको समयमा कुमारी स्थित भित्री सडकमा पुर्वबाट पश्चिम तर्फ गईरहेको शान्ति नमूना माध्यमिक विद्यालय मणिग्रामको लु १ क ८२४ नं.को बसले ठक्कर दिदा पैदलयात्री जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं. ११ भिरगौली बस्ने बर्ष ३४ को सुमन खौसया र सोही ठाउं बस्ने बस्ने बर्ष ३३ की आरती थापा घाईते भएका थिए । घाईतेहरुलाई तत्काल उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा सुमन खौसयाको उपचारको क्रममा मृत्यू भएको र आरती थापाको सोही अस्पतालमा उपचार भईरहेको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवले जनाएको छ ।
यस्तै हिजो गुल्मीमा भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला गुल्मी रेसुङगा नगरपालिका वडा नं. १४ तम्घासबाट पराल्मी तर्फ गईरहेको लु १ ज १९८८ नं.को जीप सडक देखि करिव ८०० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको प्रहरी टोली घटना स्थलमा गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि अस्पताल पठाईएकोमा ३ जनाको उपचारको क्रममा मृत्यू भएको र अन्य घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ । उपचारको क्रममा जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. १४ बस्ने बर्ष ४७ को एकराज पोखरेल, सोही ठाउं बस्ने बर्ष २८ की शान्ति नेपाली र बर्ष २७ की गोमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते गुल्मी रेसुङ्गा नगरपालिका १४ पराल्मी बस्ने बर्ष २२ को भरत पोख्रेल, सोही ठाउं बस्ने बर्ष ३७ को बिर बहादुर सुर्यबंशी, बर्ष ३७ की गोमा नेपाली र बर्ष ६६ को देव बहादुर नेपालीको पाल्पामा उपचार भईरहेको छ । घाईते रेसुङ्गा नगरपालिका १४ पराल्मी बस्ने बर्ष २७ को प्रकाश नेपाली र निजकी छोरी बर्ष ४ की खुशी नेपालीको जिल्ला अस्पताल गुल्मीमा उपचार भईरहेको छ ।