Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा
60
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, ६ फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि कृष्ण भुसालले २८ र विष्णु कटेरियाले १४ रन बनाए । बलिङमा साई ग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान र दुर्गेश कुर्मीले समान २÷२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको साई ग्लोबल १५.१ ओभरमा अलआउट हुँदै ४८ रनमै समेटियो । उसका लागि अजय रसाइलीले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ४.१ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । यस्तै, विष्णु कटेरिया र यम क्षेत्रीले समान २÷२ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । शुक्रबार वेष्टर्न क्रिकेट क्लब र बुटवल युथबिच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताउनुभयो ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदीयमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

≪ Previous Post

डिजेल, पेट्रोल, मट्टितेल र हवाई ईन्धनको मूल्यवृद्धि

Next Post ≫

स्कूल बसले ठक्कर दिदा रुपन्देहीमा पैदल यात्रीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क