Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरपालिकाले मनायो ६२ औं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरपालिकाले मनायो ६२ औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0
बुटवल उपमहानगरपालिकाले मनायो ६२ औं स्थापना दिवस
70
SHARES
ShareTweet

विभिन्न क्षेत्रमा योदान पुर्याएका ब्यक्ति, संस्था र करदातालाई सम्मान
बुटवल, ३ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आज(सोमबार) ६२ औं स्थापना दिवस मनाएको छ । ६२ वर्ष अघि फागुन ३ गते आजकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो ।
स्थापना दिवसका अवसरमा कोरोना महामारी (कोभिड–१९) नियन्त्रणका समयमा आइसोलेशनमा खटेर खाना खुवाउने, सुरक्षा प्रवन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारी, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोलविकास संस्था, हरियाली प्रवद्र्धनमा सक्रिय संस्था, ठूला करदातालगायतका विभिन्न व्यक्तित्वलाई उपमहानगरपालिकाले सम्मान गरेको छ ।
उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको मूल समारोहमा सबैभन्दा धेरै सम्पत्ति कर बुझाउने ठूला करदाताका रुपमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी र विलासमोहन वझानथान्छेलाई सम्मान गरिएको छ ।
यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढि सेवा गरेका ९ र अन्य पाँच जनागरि १४ जना कर्मचारीलाई सम्मान गरिएको छ भने कार्यसम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीहरुलाई जनही नगद १५ हजारका दरले पुरस्कृत गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । उहांका अनुसार सो अवसरमा १९ वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो ।
यस अघि स्थापना दिवस मूल समारोहको उद्घाटन गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा क्रियाशिल राजनीतिक पार्टीहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनाहरुलाई सम्बोधन गर्नेगरी बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्वका योजनासहितको गुरुयोजना निर्माण गरेको बताउनुभयो ।
सबल आर्थिक केन्द्र, समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको सहरका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताउनु भयो । महानगरीय अबधारणाका साथ बृहत बुटवल स्थापना गर्नेगरि विभिन्न खालका योजना छनौट गरी तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुको सहकार्यमा साकार पार्ने लक्ष सहित काम अगाडी वढाइएको प्रमुख सुवेदीले बताउनुभयो ।
उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले हरेक काम र हरेक क्षेत्रमा देशभरका स्थानीय तह भन्दा बुटवललाई उत्कृष्ट बनाउने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, राप्रपाका नेता तथा बुटवल नगरपालिकाका पूर्व प्रमुख पुनाराम पोखरेल, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमलगायतले सबै नगरवासीलाई अपनत्व हुने गरी कार्यसम्पादन गर्न र व्यवसायिक मैत्री वातावरण बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा निमित्त कार्यकारी प्रमुख मित्रमणि खनालले धन्यवाद ज्ञापन र वरिष्ठ अधिकृत विष्णु खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

≪ Previous Post

सूर्य चिन्ह प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई देउवाको आग्रह

Next Post ≫

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको विधान संशोधन प्रस्ताव पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क