Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सूर्य चिन्ह प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई देउवाको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सूर्य चिन्ह प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई देउवाको आग्रह

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0
सूर्य चिन्ह प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई देउवाको आग्रह
130
SHARES
ShareTweet

भैरहवा, ३ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र निर्वाचन भइसक्नुपर्ने संवैधानिक ब्यवस्था रहेको भएपनि निर्वाचन आयोगले यसतर्फ मतलव नराखेको काँग्रेस सभापति देउवाको आरोप छ ।
निर्वाचन जतिवेला पनि हुन सक्ने भएकाले निर्वाचन आयोग सधै निर्वाचनको तयारीमा रहनुपर्छ भन्दै सभापति देउवाले अहिले सम्म कुनै तयारी नगरेकाले निर्वाचन आयोग माथि शँका उत्पन्न भएको बताउनु भयो ।
प्रतिनिधिसभा विघटनको विरोधमा रुपन्देहीको भैरहवामा नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले भन्नुभयो–‘ ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छ । तर निर्वाचन आयोगले अहिलेसम्म केहीभनेको छैन । यसैले निर्वाचन आयोगमाथि शंका उत्पन्न भएको छ ।’ सरकारले निर्वाचनको मिति घोषणा गरेको भएपनि निर्वाचन आयोगले अझैंसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।
सभापति देउवाले निर्वाचन आयोगले ६ महिनाभित्र चुनाव गराएरै छाड्छु भनेर जनतालाई भन्नुपर्ने बताउनु भयो ।
देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने बताउँदै अदालतलाई विश्वास गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा बिचाराधिन भएको अवस्थामा सडकबाट दबाव सिर्जना गर्नु गलत भएको र अदालतबाट हुने निर्णय आफुहरुलाई मान्य हुने देउवाले बताउनुभयो ।
नेकपाको बैधानिकताका विषयमा समेत अहिलेसम्म निर्णय नगरेको आयोगले कतै निर्वाचन गराउनै नचाहेको त होइन भन्ने देउवाको आशंका छ । सूर्य चुनाव चिन्ह एउटै रहेको भन्दै उहांले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, विघटित प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, विघटित संसदका सदस्य प्रमोद यादव, प्रदेशसभा सदस्य रमा अर्याल, क्षेत्रिय सभापति मातृका यादव, सिद्धार्थनगर सभापति दिलिप धिताल, विद्यार्थी नेता मुक्तिराज पौडेल, पार्टीका जिल्ला उपसभापति सरिता चौधरी, सचिव रुामकृष्ण खाँण लगायतले बोल्नु भएको थियो । सभा सुरु हुनु अघि बुद्धचोकबाट सुरु भएको ¥याली नारायणस्थान, विद्रोहीचोक, मिलनचोक, गल्लामण्डी हुँदै रामजानकी हनुमान मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।

≪ Previous Post

शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत

Next Post ≫

बुटवल उपमहानगरपालिकाले मनायो ६२ औं स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क