Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0
शान्ति नमुनाका विद्यार्थीहरु पुरस्कृत
40
SHARES
ShareTweet

तिलोत्तमा, ३ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
विद्यालयको ६२ आंै वाािषर््ाकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक प्रतियोगितामा उत्कृष्टता हासिलगर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । यस्तै शैक्षिक सत्र २०७६ मा कक्षागत र तहगत रुपमा विभिन्न स्थान हासिल गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको हो ।
विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, विद्यालयका सदस्यहरु सुरेन्द्र के.सी., भगवती पौडेल, राधा घिमिरे, गीता सुनार, शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन शिक्षक मोहन पौड्यालले गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु तथा गायन प्रस्तुत गरेका थिए ।
यसअघि सोमबार नै भएको सिनियरतर्फ छात्रहरुको कबड्डी प्रतियोगितामा मकालु सदन प्रथम र सगरमाथा सदन द्वितीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रम गरेको विद्यालयले फागुन ४ गते पूर्व मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवसको मूल समारोह आयोजना गरेको छ । सोअवसरमा दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचनलगायतका कार्यक्रम रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी

Next Post ≫

सूर्य चिन्ह प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आयोगलाई देउवाको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क