Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको विधान संशोधन प्रस्ताव पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको विधान संशोधन प्रस्ताव पारित

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७७ · 0
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको विधान संशोधन प्रस्ताव पारित
80
SHARES
ShareTweet

निगमको एकाधिकार स्विकार गर्न सकिन्न : लिलेन्द्र प्रधान
सिरुवारी(स्याङ्जा) ३ फागुन । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको १६ औं बार्षिक साधारण सभाले एशोसिएसनको विधान संशोधन प्रस्ताव पारित गरेको छ । गण्डकी प्रदेश स्याङ्जा जिल्लाको पर्यटकीय क्षेत्र सिरुवारीमा सम्पन्न साधारण सभाले दुई कार्यकाल अध्यक्ष भएको ब्यक्ति पुन अध्यक्ष हुन नपाउने ब्यवस्थालाई संशोधन गरी केन्द्रको विधान अनुसार जति कार्यकाल पनि हुन पाउने ब्यवस्था गरेको छ । यस्तै यस क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेश संयोजक एशोसिएसनको पदेन सदस्य हुने संशोधित विधानमा ब्यवस्था गरिएको छ । यस्तै नेपाल आयल निगमको साधारण विक्रेता वा नमुना विक्रेता भएको फर्म वा कम्पनी एशोसिएसनको साधारण सदस्य हुन पाउने र यस्ता सदस्यले सदस्यता लिएको ५ वर्ष नपुगेसम्म कुनै पनि पदमा उम्मेदवार वन्न नपाउने ब्यवस्था विधानमा गरिएको छ । यसैगरी मट्टितेल विक्रेतालाई मताधिकारको ब्यवस्था गर्दै कुनै पनि पदमा उम्मेदवार वन्न नपाउने ब्यवस्था संशोधित विधानमा ब्यवस्थता गरिएको एशोसिएसनका महासचिव हरिराम कसौधनले जानकारी गराउनु भयो ।
कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण सबै ब्यवसायीलाई एकै ठाउंमा भेला गरी साधारण सभा गर्न सम्भव नभएकाले सबैक्षेत्रका ब्यवसायीहरुलाई पायक पर्ने गरी एशोसिएसनले पहिलो चरणमा नवलपरासी, दोस्रो चरणमा कपिलवस्तु र तेस्रो चरणमा रुपन्देहीमा साधारण सभा सम्पन्न गरेको थियो । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा र बाग्लुङ जिल्लाका ब्यवसायीहरुलाई एकै ठाउंमा भेलागर्ने र नेपालकै पहिलो होम स्टे स्याङ्जाको सिरुवारीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साधारण सभाको समापन सिरुवारीमा गरिएको अध्यक्ष प्रेम न्यौपानेले बताउनु भयो ।
साधारण सभामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले आयल निगमको एकाधिकारलाई ब्यवसायीले स्वीकार गर्न नसक्ने बताउनु भयो । ब्यवसायिक एकता नहुंदा विगतका दिनमा ब्यवसायीहरु धेरै अधिकारबाट वन्चित भएको उल्लेख गर्दै पछिल्लो समय ब्यवसायी विचको एकताले धेरै अधिकार प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । उहांले एशोसिएसनकै पहलमा नयां पम्प खोल्ने कामलाई रोकिएको भन्दै नयाँ पम्पको आवश्यक्ता पुष्टि नगरेसम्म निगमले चाहेर पनि नयाँ पम्पको सिफारिस गर्न नसक्ने वताउनु भयो । उहांले विक्रेता नियमावली संशोधनको तयारीमा रहेको, बैंक ग्यारेण्टीमा इन्धन दिने ब्यवस्था मिलाईएको, धरौटीको ब्याजका लागि पहल भैरहेको र कमिसन बृद्धि गरी ४ प्रतिसत पुर्याउन लागि परेको वताउनु भयो ।

राष्ट्रिय एशोसिएसनका महासचिव विश्व अर्यालले संस्थागत सुधार र ब्यवसायिक एकताका लागि संस्थामा युवा नेतृत्वको आवश्यक्ता औल्याउनु भयो । संस्थागत सुधार र अधिकारका लागि निगम, ढुवानी र पेट्रोलियम ब्यवसायी विच एकता हुनु आवश्यक रहेको भन्दै उहांले सबै मिलेर संस्था र ब्यवसायलाई मजवुत वनाउनुपर्नेमा जोड दिनुभयो । संस्थाको काम पुराना ब्यवसायीलाई बचाउनु रहेकाले त्यसलाई सफल वनाउन नयाँ पम्प खोल्ने कार्यलाई निरुत्साहित पार्न कठिन नियमावली वनाउन एशोसिएसन सफल भएको वताउनु भयो ।
एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले निगममा निजी ढुवानीको प्रवेश, अनलाईन भौचर, नयाँ पम्पको लाईसेन्स रोक्का, कमिसन वृद्धि सिष्टममा आउनु र ब्यवसायीको मर्यादा बढ्नु आफ्नो कार्यकालको महत्वपुर्ण उपलब्धी रहेको बताउनु भयो । सरकारले तोकेको मूल्यमा गुणस्तरीय र सहि परिमाणमा इन्धन विक्री वितरण गर्ने इमान्दार ब्यवसायी पेट्रोलियम ब्यवसायी भएपनि समानुपातिक वितरण प्रणाली नहुंदा ब्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो ।

सो अवसरमा एशोसिएसनका सल्लाहकार विरेन्द्र यादव, खिमानन्द भट्टराई, महासचिव हरिराम कसौधन, कोषाध्यक्ष विशाल गैरे, सहसचिव गोपाल बस्याल, गण्डकी पेट्रोलियम ब्यवसायीका अध्यक्ष राजन गोङ्गजुलगायतले बोल्दै पुराना ब्यवसायीलाई प्राथमिक्तामा राखेर एशोसिएसनले कानम गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका तर्फवाट केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्याललाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो भने केन्द्रीय सदस्य हिमाल गेरै, राजु न्यौपाने, चक्रपाणी आचार्य, महासचिव हरिराम कसौधन, सचिव गोपाल वस्याल, कोषाध्यक्ष बिशाल गैरे, सह सचिव अशोक अग्रहरी, सह कोषाध्यक्ष निरजनारायण श्रेष्ठ, पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको कार्यकारी सचिव नारद प्रसाद भण्डारी र सुमन बस्याललाई सम्मान गरिएको थियो । यस्तै पहाडी जिल्लाका ब्यवसायीहरुको समस्या समाधान महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै पहाडी क्षेत्रका ब्यवसायीहरुले एशोसिएसनका अध्यक्ष प्रेम न्यौपाने, कोषाध्यक्ष बिशाल गैरे र प्रेस सल्लाहकार खिमानन्द भट्टराईलाई सम्मान गरिएको थियो भने सहभागि सवैलाई मयाको चिनो प्रदन गरिएको थियो ।
यस अघि कोभिड–१९ को त्रासका कारण करिव १० महिना वन्द भएर माघको अन्त्यवाट संचलनमा आएको सिरुवारी होम स्टे तथा सिरुवारी पर्यटन समितिका पदाधिकारीहरुले एशोसिएसनका पदाधिकारी, सदस्य तथा ब्यवसायीहरुलाई भव्य स्वागत गरेका थिए । कोभिड पछि समुन्द्र सतहदेखि १६१० मिटर हाइटमा रहेको पर्यटकीय क्षेत्र सिरुवारीको पर्यटन प्रवद्र्धनमा एशोसिएसनले देशभरीका ब्यवसायीलाई भेला गराएर महत्वपुर्ण योगदान पुर्याएको होम स्टेका संचालक उर्मिला गुरुङले वताउनु भयो ।

≪ Previous Post

बुटवल उपमहानगरपालिकाले मनायो ६२ औं स्थापना दिवस

Next Post ≫

रुपन्देही सुपरलिग : तिलोत्तमा ४ विकेटले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क