Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी अनुशासित र थप ससक्त : प्रधानमन्त्री ओली
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी अनुशासित र थप ससक्त : प्रधानमन्त्री ओली

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७७ · 0
स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी अनुशासित र थप ससक्त : प्रधानमन्त्री ओली
110
SHARES
ShareTweet

बुटवल, १ फागुन । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन संविधानसम्मत रहेको जिकिर गर्नुभस्को छ । आफुलाई काम गर्न नदिएपछि संविधानको ७६ (१) अनुसार बनेको सरकारको वहुमतको प्रधानमन्त्रीको हिसाबले उपधारा ७ र ८५ अनुसार विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनु भयो ।
नेकपा ओली समूहको लुमिबनी प्रदेश कमिटीद्धारा शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धि देख्न नचाहने देशी विदेशी शक्तिहरु र पार्टी भित्रैबाट सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो । आफ्नो नेतृत्वमा सरकार बनेपछि मुलुकमा सडक, पुल निर्माणमा ऐतिहासिक काम भएको र मुलुक विकास र समृद्धिको बाटोमा अगाडी बढेको उल्लेख गर्दै उहांले सरकारले यहि गतिमा काम गर्दै गए आगामी चुनावमा आफुहरुको बाकस रित्तो हुने डरले देशी विदेशी शक्ति अत्तालिएर सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोप लागाउनु भयो ।
आफूहरु विकास र समृद्धिको पक्षमा रहे पनि प्रचण्ड–माधव पक्षले विकास देख्न नसकेर कामै गर्न नदिएको र मुलुकमा अस्थिरता निम्त्याएको आरोप प्रधानमन्त्री ओलीले लगाउनु भयो । उहांले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले नै पाउने जिकिर गर्दै नेताहरुलाई अलमलमा नपर्न र चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो । केही स्वार्थी व्यक्तिहरु पार्टीबाट बाहिरिदैमा पार्टी कमजोर नहुने भन्दै प्रधानमन्त्री ओलीले पार्टीमा रहेका केही स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी अनुशासित र थप ससक्त भएको उल्लेख गर्नुभयो ।
मुलुकको समृद्धि र विकासको लागि नभएर पार्टीका केहि स्वार्थी व्यक्तिहरुले पदका लागि पार्टीमा बिवाद उत्पन्न गरेको आरोप बताउदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको नेतृत्व गर्ने आफुलाई लखेट्ने बाहेक उनीहरुसँग केही एजेण्डा नभएको आरोप लगाउनुभयो । प्रचण्ड–नेपाल समूहको नेकपातर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले केही एजेण्डा नभएपछि उनीहरु आमसभा गरेर गाली पुराणमा उत्रिएको टिप्पणि गर्नुभयो ।
देशभरीबाट केहि मान्छे काठमाण्डौ लगेर प्रचण्ड–माधव समूहले सभा कस्तो हुन्छ हेर्न आउन आफुलाई भनेको भन्दै ओलीले देशभरीका मान्छे जम्मा गरेको सभा नभएर लुम्बिनी प्रदेशको सभा हेर्न बुटवल आउन निम्ता दिनुभयो ।
सूर्य चिन्ह कस्को भन्ने बिषयमा कुनै विवाद नभएको भन्दै ओलीले,सुर्य चिन्ह दर्ता गराउने आफुहरुनै भएकाले निर्वाचन आयोगले आफुहरुलाईनै दिने दाबी गर्नुभयो । आफु अहिलेसम्म सूर्य चिन्ह बाहेक अरु चिन्हबाट चुनाव नलडेको भन्दै ओलीले कहिल्यै सुर्य चिन्हबाट चुनाव नलडेको प्रचण्डले नेतृत्व गरेको पार्टीको चुनाब चिन्ह सूर्य कि नेकपा एमाले दर्ता भएर चुनाबमा गएदेखि लगातार सूर्य चिन्हबाट चुनाव लडेको व्यक्तिले नेतृत्व गरेको पार्टीको चुनाव चिन्ह सूर्य भनि प्रश्न गर्नुभयो । ताजा जनादेशमा जाने बिषयलाई प्रतिगमन भनेर चित्रित गर्ने प्रयास गरेको भन्दै उहाँले जनतामा जाने कुरालाई प्रतिगमन भनेर कस्तो लोकतन्त्र खोज्नु भएको हो भनि प्रश्न गर्नुभयो ।
सडकमा केही मान्छे देखाएर जनता संसद विघटनको विपक्षमा छन् भन्ने देखाउन खोजेको भन्दै जनता कस्को पक्षमा छन भन्ने कुरा सडकमा टाउको गनेर नभएर मतपत्र गनेर फैसला हुने धारणा राख्नुभयो । ।
निर्मला हत्या काण्ड र भागरथी हत्यामा संलग्नहरुलाई पानीमुनी गएर भए पनि कानूनी दायरामा ल्याएरै छाड्ने बताउदै ओलीले मुलुकमा शान्ति सूरक्षाको अवस्था थप मजवुद बनाइने बताउनुभयो ।
नजसभामा नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले नेकपा पार्टी फुटेको नभई केही स्वार्थी तत्व चोइटिएर गएको बताउनुभयो । प्रतिपक्षीले समेत बिरोध गर्न नसकेको अवस्थामा पार्टी भित्रैबाट सरकारको बिरोध भएको भन्दै महासचिव पौडेलले सरकारलाई काम गर्न नदिएको आरोप लगाउनुभयो । घोषित मितिमा चुनाव भएरै छाड्ने भन्दै महासचिव पौडेलले दुनियाको कुनै पनि शक्तिले चुनाव रोक्ने नसक्ने दाबी गर्नुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले बुटवलबाट राष्ट्रलाई सन्देश दिदै आएको स्मरण गर्दै यो सभाले लुम्बिनी प्रदेशका जनता चुनावको पक्षमा छन् भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले वैशाखमा चुनाव हुने मात्रै नभएर पहिलेभन्दा धेरै सिट ल्याउने र रुकुम र रोल्पामा समेत चुनाव जित्ने दाबी गर्नुभयो ।
स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले सरकार छाडेर सडकमा गएका नेकपाका केही साथीहरुले फैलाएको भ्रम चिर्न जनसभा आयोजना गरिएको बताउनुभयो ।
नेकपा ओली समूहका लुम्बिनी प्रदेश संयोजक लिला गिरीको अध्यक्षतामा भएको सभामा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य राधा ज्ञवाली, रुपन्देही संयोजक शिवराज सुवेदी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

≪ Previous Post

नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने

Next Post ≫

रुपन्देही टेलिकम सुपर लिग क्रिकेट : सैनामैना डिभिजन ‘ए’ मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क