Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७७ · 0
नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने
80
SHARES
ShareTweet

बुटवल, २९ माघ । नेपाली कांग्रेसले फागुन ३ गते रुपन्देहीको भैरहवामा बिरोधसभा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा (संसद) विघटन विरुद्ध कांग्रेसले देशभर फरकफरक ढंगले विरोध प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ । यता बुटवलमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको अध्यक्षतामा बैठक बसी ३ गतेको कार्यक्रम भब्य बनाउने निर्णय गरेको छ । पार्टी सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा बसेको बैठकमा क्षेत्रिय सभापति हरि लम्साल, नगर सचिब ज्योती भण्डारी लगायतले बोल्नुभएको थियो ।
फागुन ३ गते भैरहवामा हुने बिरोधसभामा बुटवलबाट उल्लेख्य सहभागिता जनाउने निर्णय गरिएको सचिब भण्डारीले बताउनुभयो । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा तथा शिर्ष नेताहरुको सहभागिता रहनेछ । कांग्रेसले फागुन ३ गते देशभरका ७७ जिल्ला कार्यसमितिहरुकोे नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ । यसअघि कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त

Next Post ≫

स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी अनुशासित र थप ससक्त : प्रधानमन्त्री ओली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क