Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त

संसारपोस्ट संवाददाता · २९ माघ २०७७ · 0
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त
80
SHARES
ShareTweet

बुटवल, २९ माघ । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री शंकर पाखरेलको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता चौधरीका अनुसार प्रमुख राजनीतिक सल्लाहकारले राज्यमन्त्री र जनसम्पर्क सल्लाहकारले सहायकमन्त्री सरह सेवा सुविधा प्राप्त गर्नेछन् । संसद विघटनको विषयलाई लिएर नेकपा विभाजित भैरहेका बेला प्रदेश सरकार स्थापना भएको तीन बर्ष पुग्नैलाग्दा मुख्यमन्त्रीको राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्त भएका हुन् ।
संघीय सरकारले संवैधानिक निकाय लगायत विभिन्न विभागहरुमा नियुक्तिको श्रृङ्खला अगाडी बढाइरहेका बेला लुम्बिनी प्रदेश सरकारले पनि राजनीतिक नियुक्तिलाई अगाडि बढाएको हो ।
प्रदेश सरकारले आगामि चैत्र १९–२० गते लगानी सम्मेलन गर्ने र प्रदेश सरकारद्धारा सञ्चालित चार आइसोलेशन केन्द्रको म्याद असार मसान्त सम्म थप गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले प्रदेश अनुसन्धान व्यूरो स्थापना र संरचना सम्बन्धि कानूनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।

≪ Previous Post

संसद विघटनको पक्षमा रहेको जनसर्मथन बुटवलको सभामा देखाउछौं : मुख्यमन्त्री पोखरेल

Next Post ≫

नेपाली कांग्रेसले फागुन ३ गते भैरहवामा बिरोधसभा गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क