बुटवल, २९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गरेको छ । ओली समूहको फागुन १ गते बुटवलमा हुने सभाको प्रचारका लागि सो समूहका युवाहरुले मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।
बुटवलको राजमार्ग चौराहामा लुम्विनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका प्रदेश इन्चार्ज शँकर पोखरेलले उद्घाटन गर्नुभएको मोटरसाइकल र्याली राजमार्ग चौराहबाट ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर समापन भएको थियो ।
मोटरसाइकल र्यालीका कारण बुटवलका सडकमा विहीवार दिनभर ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको थियो । प्रधानमन्त्री ओलीले गएको पुस ५ गते संसद विघटन गरेपछि दुई चिरामा विभाजन भएको नेकपाका दुबै समूहले गर्ने शक्ति प्रदर्शनका कारण वुटवलका सडकमा ट्राफिक जाम समेत बढ्दै गएको छ ।
नेकपा ओली समूहले फागुन १ गते बुटवलको सिद्देश्वर मासिवको मैदानमा आयोजना गर्ने सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
