Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता

संसारपोस्ट संवाददाता · २७ माघ २०७७ · 0
शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता
50
SHARES
ShareTweet

तिलोत्तमा, २७ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा मंगलबार विभिन्न प्रतियोगिताहरु भएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो ।
जस अन्तरगत सिनियर तर्फ नेपाली माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा श्रृष्टी खरेल प्रथम, अनिल पौडेल द्वितीय र कोमल प्रसाद पाण्डे तथा केदार ज्ञवाली तृतीय भएका छन् भने कुशल आचार्यले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । त्यस्तै जुनियरतर्फ भएको कविता वाचन प्रतियोगितामा गंगा भण्डारी प्रथम, सेवा रेग्मी द्वितीय, इभान्जेलिना श्री तृतीय तथा आशिष खनालले प्रोत्साहन स्थान प्राप्त गरेको साहित्य समितिका सदस्य सुमित्रा सापकोटाले जानकारी दिनुभयो ।
विद्यालयका साहित्य कार्यक्रम संयोजक चन्द्रकान्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले आफ्नो भनाई राख्नु भएको थियो भने शिक्षकहरु दिनेश खड्का, शुसिला पाण्डेय लगायतले रचना वाचन गर्नुभएको थियो ।
त्यस्तै कक्षागत रुपमा भएको कुर्सी दौडमा कक्षा ६ मा गंगा खरबिन्द प्रथम, श्रेया पंगेनी द्वितीय र आशिका पुन मगर तृतीय भएका छन् भने कक्षा ७ मा मधु ढकाल प्रथम, पुष्पा पाण्डे द्वितीय तथा वर्षा भट्टराई तृतीय भएका छन् । यस्तै कक्षा ८ मा नेहा भट्टराई प्रथम, प्रशंसा पोख्रेल द्वितीय तथा आशिका जैसी तृतीय भएका छन् भने कक्षा ९ मा सिमानु लामिछाने मगर प्रथम, निकिता पाण्डे द्वितीय र राधा कंडेल तृतीय भएका छन् ।
यसैगरी कक्षा ११ र १२ तर्फ छात्रहरुको कबड्डी प्रतियोगितामा कक्षा १२ विज्ञान समूह प्रथम, कक्षा ११ व्यवस्थापन समूह द्वितीय र कक्षा १२ शिक्षा समूह तृतीय भएका छन् ।
यसैगरी छात्रतर्फ भएको ट्रिपल जम्पमा सुनिल रावल प्रथम, बिशाल दंगोरिया द्वितीय तथा समिर कुँवर तृतीय भएका छन् । लङ्गजम्पमा सुनिल रावल प्रथम, बिशाल दंगोरिया द्वितीय तथा समिर कुवँर तृतीय भएका छन् भने हाई जम्पमा सुनिल रावल प्रथम, जीत बहादुर दर्जी द्वितीय तथा बिशाल श्रेष्ठ तृतीय भएका छन् ।
यसैगरी छात्रातर्फ भएको लङ्गजम्पमा शिवानी शर्मा प्रथम, सुस्मिता नेपाली द्वितीय र दीपा खत्री तृतीय भएका छन् भने हाई जम्पमा फुल कुमारी थारु प्रथम, सुस्मिता नेपाली द्वितीय तथा दिव्या खत्री तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो । यसैगरी क्रिकेट, बास्केटवल, छेलो फाल्ने लगायतका प्रारम्भिक खेलहरु पनि सम्पन्न भएका छन् ।
मंगलबार सम्पन्न प्रतियोगिताका विजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्य लक्ष्मण खनाल, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

≪ Previous Post

बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाहीको मागगर्दै बुटवलमा प्रदर्शन

Next Post ≫

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क