Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाहीको मागगर्दै बुटवलमा प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाहीको मागगर्दै बुटवलमा प्रदर्शन

संसारपोस्ट संवाददाता · २७ माघ २०७७ · 0
बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाहीको मागगर्दै बुटवलमा प्रदर्शन
80
SHARES
ShareTweet

बुटवल, २७ माघ । बैतडीकी १७ वर्षीय भागरथी भट्टको बलत्कार पछि हत्या भएका बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको आयोजनामा मंगलबार मध्यान्ह बुटवलको भुड्कीचोकमा बिरोध प्रदर्शन भएको हो ।
बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधनगर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष अम्बिका मुड्वरीले बलत्कारी र हत्या हिंसामा संलग्नलाई कारबाही गर्नुको सट्टा सरकारले संरक्षण गर्ने गरेका कारण मुलुकमा आपराधिक घटना बृद्धि भएको उल्लेख गर्नुभयो ।
निर्मला पन्तको बलत्कारपछि भएको हत्या लगायतका महिला हिंसाका घटनामा संलग्न अपराधीलाई कानूनीदायरामा ल्याउन नसकेका कारण अपराधीहरुको मनोवल बढेको भन्दै उहाँले १७ वर्षीय भागरथी भट्टको घटना त्यसैको उपज भएको बताउनुभयो ।
घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न मागगर्दै अध्यक्ष मुडवरीले हत्या हिंसाको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिनुभयो । कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य मनोज थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही अध्यक्ष दीपा सिटौला लगायतले बोल्दै पछिल्लो समय हत्या हिंसाका घटना बढ्दै गएको भन्दै अपराधीलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो ।
प्रदर्शनमा सहभागिहरुले निर्मला पन्त र भागरथि भट्टका बलत्कारी र हत्यारालाई कार्बाही गर, सम्पुर्ण वालबालिकाहरुको सुरक्षा गर, हत्यारालाई संरक्षण गर्ने दलाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

≪ Previous Post

प्रचण्ड–माधव समूहको अधक्ष : रुपन्देहीमा गुरुङ, कपिलवस्तुमा पन्थी र गुल्मीमा सापकोटा

Next Post ≫

शान्ति नमुनाको वार्षिकोत्सवमा विभिन्न प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क