Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थ रंगशालामा एक दिवसीय नेपाल टेलिकम सुपर लिग प्रतियोगिता हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थ रंगशालामा एक दिवसीय नेपाल टेलिकम सुपर लिग प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २७ माघ २०७७ · 0
सिद्धार्थ रंगशालामा एक दिवसीय नेपाल टेलिकम सुपर लिग प्रतियोगिता हुने
100
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, २७ माघ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भोलिदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग प्रतियोगिता हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने उक्त एक दिवसिय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म चल्ने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो । विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता हो ।
आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी हुने जनाएका छन् । आयोजकका अनुसार शुरुमा बी डिभिजन १२ टिमबीच प्रतिस्पर्धा गराइनेछ । त्यसबाट उत्कृष्ट ४ टिम ए डिभिजनमा उक्लिनेछन् । त्यसपछि ए डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
संघका अध्यक्ष मल्लले प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने जानकारी दिनुभयो । लिगका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलि सकेका छन् ।
प्रतियोगितामा बी डिभिजनका शँकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन् । यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी हुनेछन् ।
करिब १२ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदियमान खेलाडीलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताउनुभयो । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

≪ Previous Post

बुटवलकी कलाकार पूजाको सवारी दुर्घटनामा मृत्यु

Next Post ≫

प्रचण्ड–माधव समूहको अधक्ष : रुपन्देहीमा गुरुङ, कपिलवस्तुमा पन्थी र गुल्मीमा सापकोटा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क