बुटवल, २६ माघ । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा एक कलाकारको ज्यान गएको छ । सोमबार भएको सवारी दुर्घटनामा कलाकार पुजा गहतराजको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल नजिकै स्कुटरमा सवार २६ वर्षिया पूजाको बसको ठक्करबाट मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
लु ३० प ८५६९ नमबरको स्कूटीमा भैरहवाबाट बुटवल तर्फ आउंदै गर्दा बुटवल ६ निवासी कलाकार गहतराज दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय बुटवलले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालेको जनाएको छ । दुर्घटनामा परी घाइते भएकी गहतराजको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।