Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुना विद्यालयमा खेलकूद कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना विद्यालयमा खेलकूद कार्यक्रम

संसारपोस्ट संवाददाता · २६ माघ २०७७ · 0
शान्ति नमुना विद्यालयमा खेलकूद कार्यक्रम
50
SHARES
ShareTweet

तिलोत्तमा, २६ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार विभिन्न खेलकूद कार्यक्रम भएका छन् ।
अङ्ग्रेजी माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा सिनियरतर्फ पूर्णिमा ज्ञवाली प्रथम, कोमलप्रसाद पाण्डे द्वितीय र प्रवेश पाण्डे तृतीय भएका छन् । त्यस्तै जुनियरतर्फ सर्जक खनाल प्रथम, निशान्त पाण्ड द्वितीय र बिनिता ज्ञवाली तथा रोजिना डुम्रे तृतीय भएको प्रतियोगिता संयोजक जमुना रिजालले जानकारी दिनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षता तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।
त्यस्तै सिनियर तहमा भएको ब्याडमिन्टन डबल खेलमा छात्रतर्फ बिपुल पोखरेल र अनुज भट्टराईको जोडी प्रथम, बिकाश आचार्य र बिनोद खड्काको जोडी द्वितीय तथा सौरभ बस्याल र शिवम अधिकारीको जोडी तृतीय भएका छन् । यस्तै छात्रातर्फ पुष्पा ज्ञवाली र सुजाता बस्यालको जोडी प्रथम, प्राप्ती पाण्डे र प्रेरणा पाठकको जोडी द्वितीय तथा समिता नेपाल र पुष्पा भट्टराईको जोडी तृतीय भएका छन् ।
यसैगरी जुनियर तहमा भएको एकल ब्याडमिन्टनमा छात्रतर्फ रबि बस्नेत प्रथम, रोसन अर्याल द्वितीय र समिर खत्री तृतीय भएका छन् भने छात्रातर्फ नेहा भट्टराई प्रथम, स्वस्तिका न्यौपाने द्वितीय र समिक्षा तृतीय भएको प्रतियोगिताका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै छात्रातर्फको टेवल टेनिश खेलमा कृति पाण्डे र समिक्षा ज्ञवालीको जोडी प्रथम, नेहा भट्टराई र बन्दना खड्काको जोडी द्वितीय र प्रभा पोखरेल र रोजिना शर्माको जोडी तृतीय भएको प्रतियोगिता संयोजक युवराज भट्टराईले बताउनुभयो ।
त्यस्तै सिनियर तहमा भएको अन्तरसदनात्मक फुटवल खेलमा मकालु सदन प्रथम र सगरमाथा सदन द्वितीय भएको प्रतियोगिता संयोजक आकाश डुम्रेले जानकारी दिनुभयो ।
यस्तै कक्षा ११ र १२ तर्फ भलिबल तथा क्रिकेट र जुनियर तहमा कक्षागत रुपमा २ सय र ४ सय मिटर दौड, कुसी दौड, छेलो फाल्ने लगायतका खेलहरु सम्पन्न भएको अतिरिक्त क्रियाकलाप प्रमुख शुसिल पाण्डेले जानकारी दिनुभयो ।
आईतबार र सोमबार सम्पन्न प्रतियोगिताका विजेताहरुलाई पूर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापा, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

≪ Previous Post

ट्याँकरमा बटमलोडिङ प्रणाली घातक, लागु भए पेट्रोलियम व्यवसाय धरासायी : ब्यवसायी

Next Post ≫

आवश्यक परे दलित ऐन बनाउन तयार छौं : मन्त्री बराल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क