बुटवल, २४ माघ । पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणालि लागु भए नेपाल भरिका पेटो«लियम, ट्याँकर र एलपी ग्याँस व्यवसायीको व्यवसाय धरासायी हुने सम्बन्धित क्षेत्रका अगुवाहरुले औल्याएका छन् ।
शनिवार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको १६ औं वार्षिक साधारण सभामा वोल्ने पेट्रोलियम व्यवसायीहरुले नेपाल आयल निगमले पेटा«ेलियम पदार्थको ढुवानीमा लागु गर्न खोजेको बटम लोडिङ प्रणाली व्यवसायीका लागि घातक हुने ठहर गरेका छन । पेटा«ेलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागुगर्दा एक ट्याँकरमा थप ३० लाख रुपैयां बढी खर्च गर्न व्यवसायी बाध्य हुनुपर्ने भएकाले यो प्रणाली व्यवसायीलाई समाप्त पार्ने षडयन्त्रका रुपमा स्थापित हुने ब्यवसायीहरुको दावी छ ।
व्यवसायीहरुले पेट्रोलियम पदार्थको कारोवार गर्दा पेटा«ेलियम पदार्थ ढुवानीको अग्नी वीमा अनिवार्य गर्नुपर्ने, मटितेलको कमिशन बढाउनु पर्ने, पम्प सञ्चालन गर्दा व्यवसायीले निगममा राखेको धरौटी वापत राखेको ८ लाख रुपैयाँको व्याज उपलब्ध गराउनु पर्ने नभए धरौटी बरावर रकमको पेट्रोलियम पदार्थ उपलव्ध गराउनु पर्ने माग गरेका छन् ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पछिल्लो समयमा पेट्रोलियम ब्यवसायमा निकै सुधार आएको बताउनु भयो । ब्यवसायीका माग र समस्या सम्वोधनकालागि आवश्यक सहयोग गर्ने भन्दै उहांले ब्यवसायीलाई उपभोक्ता मैत्री बन्न आग्रह गर्नुभयो । उहाँले
पछिल्लो समयमा पेट्रोलियम व्यवसायमा पारदर्शिता देखिएको र उपभोक्ताको गुनासो आउने क्रम पनि रोकिएको भन्दै पेट्रोलियम ब्यवसाय संबेदनशिल बयवसाय भएकाले गुणस्तर र परिमाणमा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले अनुगमनका दौरानमा गलत प्रमाणित नहुदै मिडियामा सार्वजनिक गर्ने परिपार्टीले व्यवसायीको प्रतिष्ठा र मान मर्दन हुने भएकाले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो । गलत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ तर अनुगमन कै क्रममा दोषी प्रमाणित नहुदै सार्वजनिक गरिदा समस्या आएको उहाँले बताउनु भयो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेसिक कार्यालय भलवारीका प्रमुख प्रलयँकर आचार्यले पेट्रोलियम पदार्थ ढुवानीको अग्नी वीमा र अनलाइर्न बैकिंङ प्रणाली मार्फत डिलरलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनु समयको माग र आवश्यक्ता भएको भन्दै नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा केन्द्रमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पेट्रोलियम डिलर्स एशोसियशनका केन्द्रिय सल्लाहकार चोपनारायण श्रेष्ठले ट्याँकरमा बटमलोडिङ प्रणाली सम्भव नभएको भन्दै निगमले यो प्रणाली लागु गर्न खोजे व्यवसायीका ट्याँकर पनि निगमले खरिद गनुपर्ने बताउनु भयो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेले मुलुकमा सरकारले तोकेको मूल्यमा कारोवार गर्ने पेट्रोलियम ब्यवसायीका माग र समस्या प्रति सरकार सधै उदासिन रहेको गुनासो गर्नुभयो । वर्किङ्ग र स्रिङ्केस लसलाई शुन्यमा झार्न सदा लागिपर्ने भन्दै अध्यक्ष न्यौपानेले एशोसिएशनले ब्यवसायीको हकहित मात्र नभएर उपभोक्ताको हितमा समेत काम गर्दै आएको बताउनु भयो । उहांले पेट्रोलियम पदार्थको यथार्थ तापक्रम मापन गरेर मात्र ब्यवसायीकोमा इन्धन पठाउन आयल निगमसंग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल एलपी ग्यांस उद्योग संघका केन्द्रिय उपाध्यक्ष शंकर श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालयका क्षेत्रीय प्रमुख मनोज पोखरेल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेल, नविल बैकंका क्षेत्रीय प्रवन्धक यज्ञ शर्मा, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, एशोसिएसनका प्रेस सल्लाहकार खिमानन्द भट्टराई, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, एशोसियसनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, एशोसियसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, पश्चिमाञ्चल ट्याँकर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधन पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, महासचिव हरिराम कसौधन, व्यवसायी यमप्रसाद पोखरेल लगायतले बोल्दै सरकारले आफै पेट्रालियम पदार्थको ब्यवसाय गरेर निजि क्षेत्रका ब्यवसायी माथि अन्याय गरेको बताउनु भयो । कार्यक्रममा मटितेल ब्यवसायीहरुले पाउनुपर्ने कमिशन नपाएको गुनासो गरेका थिए ।
साधारसभाकै अवसरमा एशोसिएयनका कोषाध्यक्ष बिशाल गैरेलाई उत्कृष्ट पदाधिकारी, पुराना व्यवसायी व्यापार कर्पोरेशन, राजेश अग्रवाल तथा सञ्चारको माध्यमबाट संस्था र ब्यवसायीका मुद्धा उठान गरेकोमा एशोसिएसिनका प्रेस सल्लाहकार खिमानन्द भटृराई र ब्यवसायी बाबुराम पाठकलाई समान्न गरिएको थियो । साधारण सभाले महासचिव हरिराम कसौधनको बार्षिक तथा कोषाध्यक्ष विशाल गैरेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।