Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0
प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन
90
SHARES
ShareTweet

बुटवल, २४ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् ।
नेपाली काँग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, नेपाल प्रेस युनियन लगायत १८ वटा शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । जस अनुसार रुपन्देहीको बुटवलमा पनि प्रदर्शन भएको छ ।
शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले बुटवल राजमार्ग चौराहदेखि मिलनचोक सम्म सडकको एकातर्फको लेनमा मुखमा कालो मास्क, हातमा कालो पट्टी, प्ले कार्ड र व्यानर सहित प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा प्रचण्ड–नेपाल समूह लगायतका दलहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित काँग्रेसले तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।
नेपाली काँग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । यस्तै काँग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै पार्टीको जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

≪ Previous Post

ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली

Next Post ≫

ट्याँकरमा बटमलोडिङ प्रणाली घातक, लागु भए पेट्रोलियम व्यवसाय धरासायी : ब्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क