Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0
ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली
90
SHARES
ShareTweet

बुटवल, २४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाउनुभएको छ ।
दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडित वर्ग र समुदायको अधिकार लेखिएको संविधान प्रधानमन्त्री ओलीले च्यातेको उहाँले टिप्पणि गर्नुभयो । प्रचण्ड–नेपाल समूहको नेपाल दलित मुक्ति संगठन रुपन्देहीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता श्रीपालीले ओली नेतृत्वको सरकार र समूह दलित मुक्ति विरोधी भएको आरोप लगाउनु भयो ।
उहाँले परिवर्तनका पक्षधरहरु अहिले प्रतिगमनको पक्षमा लाग्दा वर्षौंदेखिको उत्पीडितहरुको मुद्धा ओझेलमा पर्ने बताउनु भयो । दलितको पृष्ठभूमिबाट गएका दलित नेताहरु प्रधानमन्त्रीको फोटोकपि मात्रै बनेको उहांको आरोप छ । ‘प्रतिगमनमा साथ दिनेहरु दास हुन्’ उहाँले भन्नु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई कुख्यात तानासाहको संज्ञा दिदै पूर्वमन्त्री श्रीपालीले अब ओली अवशान नजिकै आइसकेको बताउनु भयो ।
दलित मुक्ति संगठनका सहइन्चार्ज समेत रहेका नेता श्रीपालीले दलित तथा उत्पीडित समुदाय सदैव प्रतिगमनका विरुद्धमा उत्रेको बताउनु भयो । उहाँले निरकुंश राणा शासनदेखि, पञ्चायत, बहुदल र गणतन्त्र प्राप्तिको यूगसम्म आइपुग्दा दलित समुदायले ठूलो योगदान गरेको बताउँदै अहिले फेरि संविधानबाट प्राप्त उपलब्धि गुम्ने खतरामा रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले दलितका लागि संविधानले दिएको अधिकार समेत कटौती गरेर संसद विघटनपछि भूमि दिने नक्कली कुरा गरेको आरोप लगाउनु भयो । उहाँले संविधानको मौलिक हकमा दलितको अधिकार राखेर भूमिहिन दलितका लागि एक पटकका लागि जमिन दिने उल्लेख गरेपनि अहिले जागिर गरेको, भाडामा बसेको जस्ता प्रावधान राखेर बञ्चित गर्न खोजेको बताउनु भयो ।
संविधानसभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले प्रधानमन्त्री ओली उत्पीडित र दलित समुदायको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिने आरक्षण विरोधी पात्र भएको टिप्पणी गर्नु भयोे । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल रुपन्देहीका सचिव निर्मल जिसिले प्राप्त अधिकारमाथि धावा बोल्ने गरि संसद विघटन भएकाले यसले उत्पीडित दलित समुदायको अधिकारलाई कुण्ठित गर्न सक्ने बताउनु भयो । दलित आन्दोलनको गौरव र मुक्तिको ऐजेन्डा स्थापित गर्नका लागि पनि सच्चा कम्यूनिष्ट पार्टी चिन्नुपर्नेमा उहांले जोड दिनु भयो ।

≪ Previous Post

पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई

Next Post ≫

प्रतिनिधि सभा विघटनको विरोधमा देशभर काँग्रेसका शुभेच्छुक संस्थाहरुको प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क