Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0
पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई
150
SHARES
ShareTweet

नवलपरासी, २४ माघ । प्रचण्ड नेपाल समूहको नेकपाका युवा नेता योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली भोली एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताउनुभएको छ । नेता भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधिप्रति आशंका गर्र्दै भन्नुभयो – ‘भोलि ओली र पूर्वराजा ज्ञानेन्द्र एउटै पार्टीको दुई अध्यक्ष भए भने पनि अनौठो मान्नु पर्दैन ।’
शनिबार पूर्वी नवलपरासीको कावासोतीमा प्रचण्ड नेपाल समूहको युवा तथा विद्यार्थीहरुको जिल्ला स्तरको भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्र्दै यस्तो बताउनुभएको हो ।
नेता भट्टराईले अझै पार्टीको एकताको सम्भावना कायमै रहेकोमा जोड दिंदै पद र व्यक्तिवादी चरित्रलाई भन्दा ३ करोड नेपालीको सपनालाई ध्यान दिएर पार्टी एकता हुन कुनै समस्या नरहने बताउनुभयो । नेपाली जनताले कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई बहुमत दिएको जिकिर गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली आफ्नै कारणले ३ करोड नेपाली जनताको मलामी जान परेको आरोप लगाउनुभयो । उहांले भन्नुभयो–‘नारायणहिटी अगाडिको भेला कुनै उत्सव होइन,त्यो मलामीहरुको भेला हो त्यसको अगुवाई प्रधानमन्त्री ओलीले गरिरहेका थिए ।’ नारायणहिटी अगाडिको प्रदर्शनमा सरकारले शक्तिको दुरुपयोग गरेको आरोप उहांको थियो ।
नेता भट्टराईले सर्वोच्चले संसद पुनस्थापना गर्नुपर्ने र निर्वाचन आयोगले नेकपाको केन्द्रिय कमिटिको बहुमत सदस्यताको आधारमा पार्टीको आधिकारिक्ता र सूर्य चुनाव चिन्ह दिनुपर्नेमा जोड दिनुभयो । मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखा, अनेरास्ववियुका केन्द्रिय सहसंयोजक रन्जित तामाङ्ग लगायतले बोल्नुभएको थियो । कार्यक्रम शुरु हुनु पूर्व कावासोतीको थाना चोकदेखि पुरानो कावासोतीसम्म र्याली समेत निकालिएको थियो ।

≪ Previous Post

Next Post ≫

ओली दलित र उत्पीडित विरोधी पूर्वमन्त्री : दलजीत श्रीपाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क