Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसारपोस्ट संवाददाता · २४ माघ २०७७ · 0
10
SHARES
ShareTweet

रोटरी क्लवमा केवलकारको विषयमा छलफल
बुटवल, २४ माघ । रोटरी क्लव अफ बुटवलको १३५० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डा अन्तर्गत शनिबारको बैठकमा बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको विषयमा छलफल भएको थियो । बैठकमा सिद्धबाबा केवल कार परियोजनाका बारेमा रोटरियन सृष्टि गुरुङले अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाई १ किलोमिटर ९५ किलोमिटर रहने गुरुङले जानकारी गराउनु भयो । निर्माणको काम पुरा गरी २ वर्षभित्र सञ्चालन गर्नेगरी प्रालिले काम अगाडि बढाएको जानकारी गराउँदै गुरुङले सरकारबाट पूरा गर्ने प्रक्रिया सबै सम्पन्न भइसकेको बताउनुभयो ।
“लिखत रुपमा र कानुनी रुपमा गर्नुपर्ने सबै कामहरु करिब पुरा गरेका छौं”, गुरुङले भन्नुभयो । केबुलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखर देउराली भन्ने स्थानमा रहने छ भने, टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहनेछ ।
प्रालिले नुवाकोटमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम पनि एक साथ सुरू गर्ने जानकारी गराएको छ । बैठकमा प्रालिका अध्यक्ष राजेन्द्र सिंह गुरुङले महत्वाकांक्षी योजनाका साथ सुरू भएको सो केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने बताउनुभयो । प्रालिका सचिव पिएल श्रेष्ठले पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा पर्यटकहरु आउने र परियोजना सफल हुने दावी गर्नुभयो ।सन् १८१४ ताका तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको इतिहास पाइन्छ ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मणिरत्न पाण्डे, खेमराज पुन, शिवकुमार ज्ञवाली, बोनिन पिया, आमोद सिमाङ्गैडा, बैकुण्ठ कोइराला, खेम पराजुलीलगायतले विभिन्न जिज्ञासा एवं सुझाव राख्नुभएको थियो ।

≪ Previous Post

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि

Next Post ≫

पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैन : योगेश भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क