Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि

संसारपोस्ट संवाददाता · २३ माघ २०७७ · 0
खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट होराइजनलाई उपाधि
60
SHARES
ShareTweet

भैरहवा, २३ माघ । सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले रुपन्देहीको भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ । उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो ।
प्रतियोगितामा म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भए भने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत भए ।
सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा १४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए । बलिङमा धनगढीका सन्दिप विष्ट र रजत रानाले समान ३÷३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेटको क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यान अफ द फाइनल भई पुरस्कृत भए ।
विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रक मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गर्नुभयो । पूर्व राष्टिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमा ३ मा ट्रेड युनियन काँग्रेसको वडा समिति

Next Post ≫

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क