बुटवल, २३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा नेपाल ट्रेड युनियन काँग्रेसको वडा समिति गठन गरिएको छ । नेपाली काँग्रेस वडा समितिको बिशेष पहल र सक्रियतामा ट्रेड युनियनको गठन गरिएको हो ।
नवगठित वडा समितिको सभापतिमा शालिकराम वस्ती, उपाध्यक्षमा भूमा वेलवासे, सचिवमा मञ्जु पाण्डे, कोषाध्यक्षमा शक्ति शाही र सहसचिवमा मोतिलाल शर्मा चयन हुनुभएको छ । यस्तै कार्यसमितिको सदस्यहरुमा सोमनाथ ठाकुर, हरिप्रसाद उपाध्याय, रोमबहादुर थापा, हिराबहादुर विक, ईन्दिरा पराजुली र कृष्ण विक चयन हुनुभएको छ ।
नवगठित समितिलाई नेपाली काँग्रेस रुपन्देहीका सदस्य हरिप्रसाद तिवारी, तिलोत्तमा नगर सचिव रामबहादुर थापा, वडा सभापति कर्णबहादुर टण्डन, नेपाल ट्रेड युनियन काँग्रेसका नगर अध्यक्ष भरत भुसाल, सचिव राजकुमार वाग्ले, बिपि विचार समाजका नगर अध्यक्ष कल्याण पौडेल, घनश्याम तिवारी, केशरी पाण्डे, केशब शर्मा तिवारी, ढालबहादुर कार्कीलगायतले शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो ।