बुटवल, २० माघ । पश्चिम नेपाल बिकास ट्रष्टले कपिलवस्तुको तिलौराकोट –६ मा रहेका अति विपन्न समुदायलाई न्यानो कपडा वितरण गरेको छ ।
बिभिन्न किसिमका लगाउने कपडा देखि ब्लाङकेट वितरण गरिएको हो । उक्त कार्यक्रमबाट तिलौराकोट गाँउका झण्डै ४ सय जनालाई कपडा वितरण गरिएको ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेले बताउनुभयो ।
पोखरामा रहेको मानविय सेवा अभियान नेपालसगंको सहकार्यमा कार्यक्रम गरिएको घिमिरेले बताउनु भयो । उक्त कार्यक्रममा मानविय सेवा अभियानकी अध्यक्ष सुष्मा पौडेल, उपाध्यक्ष मेघमान श्रेष्ठ, संयोजक कुलमाया पौडेल, सल्लाहकार माधव पहाडी, सदस्यहरु गोकर्ण अधिकारी, करुणा गुरुङ्ग, लक्ष्मी थापा, लक्ष्मी आचार्य, रामकृष्ण पहाडी, सविता मगर, धनिराम ढकाल, कमल पौडेल (अमर नेपाल अध्यक्ष)लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै पश्चिम नेपाल विकास ट्रष्टको तर्फबाट अध्यक्ष गौरीमाया थापा, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम हुनेले नहुनेलाई, दान होइन उपहार दिने बानी बसालौ भन्ने नाराका साथ सम्पन्न गरिएको थियो ।