बुटवल, २० माघ । लुम्बिनीको वातावरण बचाउन योगदान पुराएकोे भन्दै लुम्बिनीमा विभिन्न १२ जनाको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण बचाउने अभियानको थालनी गरिएको छ ।
यस वर्षको विश्व सिमसार दिवसका अवसरमा लुम्बिनी विकास कोषले मंगलवार लुम्बिनीमा एक कार्यक्रम गरि यस वर्ष ७ वटा र आगामी वर्ष थप ५ वटा गरि १२ वटा स्थललाई सिमसार क्षेत्र विभाजन गरि जलासयको नामाकरण गरिएको छ । वातावरण संरक्षण विना मुलुक मात्र नभई विश्वनै समाप्त हुने खतरा बढ्दै गएकोले सिमसार क्षेत्र नामाकरण गरि संरक्षणमा लाग्नु पर्ने जरुरी रहेको छ ।
लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी प्रदेश सभा नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान, विश्व वन्यजन्तु कोषका कन्ट्री डाईरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीलगायतले सम्युक्त रुपमा सिमसार क्षेत्रको शुभारम्भ गर्नु भएको हो ।
लुम्बिनीको वातावरण वचाउन महत्वपूर्ण योगदान गरेका डा. हर्क गुरुङ, डा.चन्द्र गुरुङ, डा.मिन्मानर्बु शेर्पा, हरिशरण नेपाली काजी, तिर्थमान शाक्य, घनश्याम गुरुङ र जरजेज अर्चि वल्द्को नाममा सिमसार क्षेत्र नामाकरण गरिएको हो । आगामी वर्ष अल्डो लिओ पोलड्, पोटर म्याटिसन, रिचेल करक्सन, रोब्याट ब्याटिमिन र जो अन्ना म्यासिएको नाममा सिमसार क्षेत्र नामाकरण गरि वातावरण वचाउनका लागि कार्यक्रम गर्न लागिएको कोषले जनाएको छ । लुम्बिनी विकास कोष क्षेत्र भित्रको जंगल र सिमसार क्षेत्रहरु सारस लगायत अन्य वन्यजन्तुकालागि राम्रो बासस्थानको रुपमा रहेकोले सारस संरक्षणको लागि अन्तर्राष्ट्रिय क्रेन फाउण्डेशन युएसए ले सन १९९४ को डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसंग सम्झौता गरेको थियो । जस अनुसार सारस तथा अन्य वन्यजन्तुको संरक्षणको लागि लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११५५ विगाहा जग्गामध्ये ६६० विगाहा जग्गामा ५० वर्षको लागि लुम्बिनी सारस आरक्ष स्थापना गरिएको छ ।
लुम्बिनी सारस आरक्षले प्राकृतिक वासस्थानको निर्माण गरि सारस लगायत चरा चुरुङी तथा अन्य वन्यजन्तुहरुको संरक्षण, भगवान बुद्धको उपदेश दर्शाउने गरि चराचुरुङी तथा वन्यजन्तुको संरक्षण सम्बन्धी शिक्षा फैलाउने, स्थानिय वासिन्दालाई लुम्बिनी सारस आरक्ष तथा यस क्षेत्रमा रहेका प्राकृतिक श्रोत्तको उचित व्यवस्थापनमा सक्रिय बनाई सारस संरक्षणमा उत्साहित बनाउने र स्थानिय बासिन्दाले प्रयोग गरेको स्थानमा वन्यजन्तु तथा चराचुरुङीको संरक्षण गर्न सक्रिय नेपाल गैर सरकारी संस्थाले नमूनाको रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको छ ।
कार्यक्रममा मन्त्री गिरीले जैविक विविधताको संरक्षण अहिलेको प्रमुख चुनौती रहेकाले प्रदेश सरकार सोको संरक्षणमा जुटेको धारणा राख्नु भयो । वातावरण विगार्ने सबैभन्दा पहिलो दुस्मन प्लाष्टिक रहेकाले बुद्धसंग सम्बन्धित जिल्ला र स्थानियतहमा प्लाष्टिक रहित क्षेत्र बनाउनकालागि योजना बनाएको पनि मन्त्री गिरीले बताउनु भयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले शुरु गरेको एक गाउँ एक पोखरी अभियानलाई साकार बनाउन जरुरीेको समेत उहाँले बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले प्रकृतिको नविनतम उपहार जैविक विविधताको संरक्षणका लागि मानव जातिको दाईत्व, कर्तव्य र जिम्मेवारी बढेको धारणा राख्नु भयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले सिमसार क्षेत्रको संरक्षण र वातावरण जोगाउनकालागि १२ वटा जलासय निर्माण शुरु गरिएको बताउनु भयो । सोही समारोहमा लुम्बिनीको प्रचार प्रसारमा सञ्चार क्षेत्रवाट योगदान पुराएको भन्दै वरिष्ठ पत्रकार चेतन पन्त सहित आधादर्जन बढिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विश्व वन्यजन्तु कोषका कन्ट्री डाईरेक्टर घनश्याम गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी वौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, कोषका सदस्य सचिव सानुराजा शाक्यलगायतले लुम्बिनीलाई धार्मिकसंगै पर्यापर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।
सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेबु्रअरी २ मा विश्व सिमसार दिवश मनाउदै आएको छ ।
