Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा

संसारपोस्ट संवाददाता · २० माघ २०७७ · 0
खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : सेमिफाइनल समिकरण पूरा
80
SHARES
ShareTweet

भैरहवा, २० माघ । रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सेमिफाइनल समिकरण पूरा भएको छ । समूह (ए) बाट धनगढी क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा समूह (बी) बाट न्यू होराइजन स्कूल र ओसिस क्रिकेट एकेडेमी सेमिफाइनल पुगेका छन् ।
मंगलबार सिद्धार्थ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा धनगढीले काशी नोबललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरको खेलमा ७ विकेट क्षतिमा ९८ रनको योगफल बनायो । उसका लागि सचिन साउदले ३१ र खगेन्द्र कुँवरले २७ रन बनाए । बलिङमा काशीका सन्तोष यादव र तुसार चौहानले समान २÷२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको काशीले १२.३ ओभरमा सबै विकेट गुमाई ४० रनमै समेटियो । जसमा अंकित बीएमले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काशीलाई सस्तैमा रोक्न बलिङमा धनगढीका रोशन रावल, नरो भट्ट र रजत रानाले समान २÷२ विकेट लिए ।
धनगढीमा रोशन रावल म्यान अफ द म्याच घोषित भए । पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता जारी छ । प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

≪ Previous Post

ओलीले सत्ता टिकाउने खेलमा संसद विघटन गरे : डा. रिजाल

Next Post ≫

शान्ति नमुनामा खेल सप्ताह जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क