Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कामको मुल्याँकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउनु : मुख्यमन्त्री पोख्रेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कामको मुल्याँकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउनु : मुख्यमन्त्री पोख्रेल

संसारपोस्ट संवाददाता · १८ माघ २०७७ · 0
कामको मुल्याँकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउनु : मुख्यमन्त्री पोख्रेल
120
SHARES
ShareTweet

बुटवल, १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्याँकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिनु भएको छ ।
प्रदेश समन्वय परिषदको चौथो बैठकलाई आईतवार रुपन्देहीको मणिग्राममा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परिषद सदस्यको भूमिका परिवर्तन भएको छ भन्दै अब परिषद सदस्यले पुरै प्रदेशको विकासका सवालमा चिन्तन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
यस अघि स्थानिय तहका जनप्रतिनिधिले आफनो पालिकाको मात्रै चिन्तन गर्नुपर्नेमा अब पुरै प्रदेशको गर्नुपर्ने गरि मन्त्री परिषदले कार्यबिधि पारित गरेको समेत उहाँले बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले मुलुकका सात प्रदेशमा लुम्बिनी प्रदेश साझेदारी कार्यक्रममा नमूना प्रदेश भएको दाबी गर्दै सशर्त, विशेष अनुदान र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिषद बैठकले ठोस निर्णय लिनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशको राजधानी तोक्ने सवालमा प्रदेश सभाले गरेको निर्णय सहि भएको भन्दै राजधानीलाई गौरव गर्न लायक बनाउने तर्फ सचेत हुन समेत पूर्वाधार विकास कार्यालयलाई आह्वान गर्नु भयो । नदी सभ्यतालाई आधार बनाएर राजधानी तय गरिएकाले पनि प्रदेशको राजधानी मुलुककै उत्कृष्ट र नमूना बनाउने गरी योजना बनाइने उहांले बताउनु भयो ।
जिल्ला समन्वय समितिको अन्यौलताको अन्त्य भएकाले अब समितिले जिल्ला जिल्लामा अनुगमनको काम प्रभावकारी रुपमा गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
मन्त्रालयका सचिव डा. खगेन्द्र प्रसाद सुवेदीले स्थानियतह र प्रदेशको विकासका सवालमा महत्वपूर्ण मानिने परिषद बैठकले आबधिक योजना छनोटमा महत्वपूर्ण टेवापुग्ने धारणा राख्नु भयो । सचिव सुवेदीले सहलगानी सम्बन्धमा छलफलगरि प्रदेशमा रोजगारी अभिवृद्धि र राजस्व असुलिलाई थप प्रभावकारी वनाउन जरुरी रहेको औल्याउनु भयो ।
परिषद बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र मुख्यमन्त्री कार्यालयका तर्फवाट अलग अलग अवधारणा प्रस्तुत गरिएको थियो ।

≪ Previous Post

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी

Next Post ≫

ओलीले सत्ता टिकाउने खेलमा संसद विघटन गरे : डा. रिजाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क