Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी

संसारपोस्ट संवाददाता · १८ माघ २०७७ · 0
खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता : धनगढी र ओशिष विजयी
100
SHARES
ShareTweet

भैरहवा, १८ माघ । रुपन्देहीको भैरहवामा जारि तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ९२ रन र ओशिष क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ९ विकेटले पराजित गरेको छ ।
सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई २२१ रन बनायो । उसका लागि कप्तान नरेन भट्टले ५० बल खेल्दै ९९ रन बनाए । उनी सतक बनाउन १ रनले चुके । यस्तै, सन्दिप विष्टले ४५ बलमा ५८ रन बनाए । बलिङमा साई ग्लोबलका ताहिर खान र सैजाद आलमले समान २÷२ विकेट लिए ।
जवाफमा साई ग्लोबल २३ ओभरमा अलआउट हुँदै १२९ रन मात्रै बनायो । उसका लागि आशिष रोकाले ४१ र सचिन अर्यालले १६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा धनगढीका रजत राना ३ र भुपेश जोशीले समान ३÷३ विकेट लिए । खेलमा नरेश भट्ट म्यान अफ द म्याच भए ।
यस्तै, दोस्रो टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाई ४६ रन मात्रै बनायो । उसका लागि समिर अली खानले ११ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा ओशिषका सार्थक धितालले ४ तथा निश्चल श्रेष्ठले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको ओशिषले ८.३ ओभरमा १ विकेट गुमाई ५० रन बनाउँदै लक्ष्य भेट्टायो । उसका लागि सम्राट भुसालले १९ रन बनाए । बलिङमा मनिष थापाले १ विकेट लिए ।

८ टिम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा प्रतियोगिता जारी छ । स्व.खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन् ।

≪ Previous Post

क्रसर तथा खानी ब्यवसायी महासंघमा सिताराम न्यौपाने विजयी

Next Post ≫

कामको मुल्याँकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउनु : मुख्यमन्त्री पोख्रेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क