बुटवल, १८ माघ । नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनले सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनले ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सहसचिवमा मिन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्लसह र कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
अन्य पदमा निर्विरोध भएपनि अध्यक्ष र सदस्य पदमा मतदान भएको थियो । शनिवार अवेर सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने अध्यक्षमा विजयी हुनुभयो । न्यौपानेले ६० र प्रतिद्धन्दी थापाले ४८ मत प्राप्त गर्नुभएको थियो । यस्तै महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवँरले ६२, शारदाप्रसाद ढकालले ४६ र शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले जानकारी गराउनु भयो ।
