Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

संसारपोस्ट संवाददाता · १७ माघ २०७७ · 0
बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग
70
SHARES
ShareTweet

बुटवल, १७ माघ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँ व्यवसायको प्रवद्र्धन अनिवार्य हुन्छ भन्ने कुरालाई व्यवसायीले मनन गर्नुपर्ने कुरामा बुटवलमा आयोजित एक कार्यक्रममा वोल्ने व्यक्तिहरुले जोड दिएका छन् ।
शान्ति सुरक्षाको प्रत्याभूति नुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई हरेक क्षेत्रका व्यवसायीले बुभm्न जरुरी रहेको कार्यक्रममा औल्याईएको थियो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शनिवार बुटवलमा गरेको व्यवसायिक अन्तरक्रियामा वोल्ने व्यवसायीले कोरोनाको माहामारीले थला परेको पर्यटन व्यवसायलाई बचाउन र फस्टाउने गरी वातावरण मिलाई दिन सुरक्षा निकाय समक्ष आग्रह गरेका थिए ।
अन्तरक्रियामा व्यवसायीले रुपन्देहीको बुटवल शहरलाई उज्यालो शहर बनाउनकालागि रात्रीकालिन समयमा बुटवलको कालिका पथबाट अभियान शुरु गर्न माग गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नाउव उपरीक्षक प्रतित सिंह राठौरले बुटवललाई आर्थिक क्षेत्रको हव बनाउनकालागि आवश्यक पर्ने जस्तो सुकै सुरक्षा व्यवस्था प्रदान गर्न प्रहरी प्रशासन तयार रहेको बताउनु भयो ।
उहाँले जहाँको सुरक्षा व्यवस्था राम्रो हुन्छ त्यहाँको व्यवसाय फस्टाउने कुरालाई ध्यानमा राखी व्यवसायिक मर्यादालाई आत्मसाथ गर्न आग्रह गर्नु भयो ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको कालिकापथ क्षेत्रलाई काठमाडौको ठमेल शहरको रुपमा विकास गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेहुनाले राजनैतिक दल, नागरिक समाज, प्रहरी प्रशासन बीच समन्वय जरुरी रहेको धारणा राख्नु भयो । संघका अध्यक्ष समुन्द्र जिसीले कोभिडको माहामारीले घर भाडा तिर्न नसकेर रुपन्देहीबाट १ सय बढी व्यवसायीले व्यवसाय नै छाडेको बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधवकुमार खनाल, व्यवसायीहरु बाबुराम अर्याल, सन्तोष मल्ल, अतित थापा, सनोज श्रेष्ठ लगायतले बुटवल क्षेत्रमा व्यवसाय संचालन गर्ने रात्रीकालिन क्लवहरु, लाईभ म्यूजिक, क्याफे तथा होटल रेष्टुरेण्ट बन्दगर्ने समयाबधी लम्बाउन माग गर्नु भएको थियो ।

≪ Previous Post

विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरी : राप्रपा वरिष्ठ नेता बोहोरा

Next Post ≫

क्रसर तथा खानी ब्यवसायी महासंघमा सिताराम न्यौपाने विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क