Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरी : राप्रपा वरिष्ठ नेता बोहोरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरी : राप्रपा वरिष्ठ नेता बोहोरा

संसारपोस्ट संवाददाता · १७ माघ २०७७ · 0
विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन जरुरी : राप्रपा वरिष्ठ नेता बोहोरा
120
SHARES
ShareTweet

बुटवल, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । उहाँले त्यसो हुननसके हिन्दु राष्ट्रका लागि जनमतसंग्रह गर्नुपर्ने बताउनु भयो । “चार–पाँचवर्ष पहिले सडकबाट गणतन्त्रको विरोधमा नारा लगाउने परिकल्पना गर्न सकिदैनथ्यो, तर अहिले जनताले निराशाको अभिव्यक्ति सडकबाट गरिरहेको छ, गणतन्त्रको विरोधमा सडकमा नारा घन्किएको छ । स्वतःस्र्फुत रुपमा खासगरी युवा जमातले यस्ता नारा लगाएका छन्”–नेता बोहोराले भन्नु भयो ।
प्रधानमन्त्री केपि शर्मा ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उहाँले बताउनु भयो । राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले मानपकडीमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई संबोधनगर्दै नेता बोहोराले भन्नु भयोे– “अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो । जनताले पनि ताजा जनादेश खोजेका छन् ।” उहाँको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको र अदालतको निर्णय सबैले मान्नुपर्ने उहाँले बताउनु भयो । तर संसद पुनस्र्थापना भए पुनःफोहोरी खेल सुरु हुने बोहोराले औल्याउनु भयो ।
निर्वाचनको लागि राप्रपाले तयारी थालिसकेको बोहोराले बताउनु भयो । उहाँले विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसो हुननसके हिन्दु राष्ट्रका लागि जनमतसंग्रह गर्नुपर्ने बताउनु भयो । हिन्दु राष्ट्र र राजालाई स्थान दिए मुलुकको समस्या समाधानहुने उहाँले दावीगर्नु भयो । “सक्रिय राजा हामीले खोजेका छैनौं, राजालाई यही संविधानको मातहतमा रहेर एक किसिमको आलंकारिक र धार्मिक वा कुनै प्रकारको राष्ट्राध्यक्ष बनाउन खोजिएको हो, अहिले राष्ट्रपतिको गतिविधि पार्टीले अह्राएकोमा मात्रै सीमित छ”–उहाँले भन्नु भयो । एक मात्र हिन्दु राष्ट्र नेपाललाई सुनियोजित ढंगले पश्चिमा मुलुकको दबाबमा धर्मनिरपेक्षता ल्याइएको र तीव्र गतिमा धर्म परिवर्तन गराइएको उहाँले बताउनु भयो ।
पुर्व गृहमन्त्री एवं राप्रपाका नेता निरन्जन थापाले राप्रपाले चुनाव प्रचार सुरु गरिसकेको बताउनु भयो । संविधानको विशेषता संसद विघटन गर्ने नभएको भन्दै उहाँले तर विघटन भैसकेकाले आफ्नो दलले चुनावमा जाने तयारी गरेको बताउनु भयो । राप्रपा लुम्बिनी प्रदेशका संयोजक प्रदिप उदयले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र स्थापना नभएसम्म मुलुकले निकास नपाउने दावी गर्नु भयो ।
सभामा नेताहरु शंकर खत्री, प्रेमबहादुर कुँवर, दिपक बुढाथोकी, निरन्जन बम, कृष्णबहादुर थापा, पुष्पराज थारु, मानबहादुर रसाइलीलगायतले आआफ्ना धारण राख्नुभएको थियो ।

≪ Previous Post

ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गर्‍यो : संग्रौला

Next Post ≫

बुटवलमा रात्रीकालिन ब्यवसाय सञ्चालनको वातावरण मिलाउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क