बुटवल, १६ माघ । रुपन्देहीको कोटियामाई गाउँपालिकास्थित मर्यादपुर माध्यामिक विद्यालयमा भएको अभिभावक भेलाले प्रदिप कुमार गौडको अध्यक्षतामा चार सदस्यीय विद्यालय ब्यवस्थापन समिति चयन गरेको छ ।
शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदका विपक्षी उम्मेदबार ईश्लाम खानलाई १ सय ५२ मतले पराजित गर्दै गौड अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष
गौडले ४ सय ५२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
यसैगरि विद्यालय ब्यवस्थापन समितिको सदस्यमा राजेन्द्र यादव, महिला सदस्यमा चन्दा हरिजन, कृष्णाबच्चि धवल निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले जानकारी दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका एक जना सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने ब्यवस्था छ । अध्यक्षमा निर्वाचित अध्यक्ष गौडले विद्यालयको शैक्षिक र भौतिक विकासमा लाग्ने प्रतिवद्घता जनाउनु भयो । सो विद्यालयमा ७ सय विद्यार्थीहरु अध्ययनरत छन ।