बुटवल, १६ माघ । नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघमा आवद्ध ब्यवसायीहरुले ब्यवासायिक एकतामा जोड दिएका छन् । ब्यवसायिक एकता विना ब्यवासायीको हक हित संरक्षण नहुने भन्दै उनीहरुले ब्यवासायिक एकताको कुरामा जोृड दिएका हुन् ।
महासंघको बुटवलमा आयोजित सातांै वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनको उद्घाटन सत्रमा बोल्ने ब्यवसायीहरुले ब्यवसायीहरुमा एकता नभएकै कारण क्रसर उद्योग दिन प्रतिदिन धरासायी बन्दै गएको गुनासो गरे ।
साधारण सभा तथा अबिधेसनको उद्घाटन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले नेपाल सरकारले समृद्धिको भाषण मात्र गरेको भन्दै यसलाई भाषणमा मात्र सिमित नराखेर मुलुकलाई समृद्धिको दिशा तर्फ अगाडी बढाउनु पर्ने बताउनु भयो ।
कार्यंक्रममा पुर्वमन्त्री शम्भुलाल श्रेष्ठले नदिजन्य पदार्थ भारत निकासी रोक्नका लागि तत्कालिन अववस्थामा बनेको मापदण्ड अहिले समयसापेक्ष नभएको उल्लेख गर्र्नुभयो ।
रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले ब्यवसायीहरुले आफ्नो छाति खोलेर क्रसर ब्यवसायी हुं भनेर परिचय दिने वातावरण निर्माणका लागि सम्वन्धित निकायमा पहल गर्ने बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले क्रसर ब्यवसाय मानिसको जिवन पद्धतीसंग जोडिएको ब्यवसाय भएकाले कसैले चाहेर पनि रोक्न र बन्द गर्न नसक्ने ब्यवसाय भएको जिकिर गर्नुभयो ।
नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष टोप बहादुर रायमाझीले क्रसर ब्यवसायी र निर्माण ब्यवसायी एकै सिक्काका दुई पाटा भएको वगताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरजकृष्ण वैद्यले क्रसर ब्यवसाय लुकाउनुपर्ने पेशा बनेको भन्दै गुनासो गर्नुभयो ।
महासंघका सल्लाहकार तथा महाधिबेशन आयोजक समितिका संयोजक दिपक भण्डारीले उद्योगले सरकारलाई राजश्व, रोजगारको अवसर सृजना गरेको भएपनि सरकारले उद्योगलाई अबैध बनाउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।
महाधिबेशन आयोजक समितिका स्थानीय संयोजक तथा महासंघका लुम्बिनी प्रदेश संयोजक गोपाल ज्ञवालीले सरकारले क्रसर ब्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा क्रसर ब्यवसायलाई संस्थागत गर्न योगदान पुर्याउने नेपाल रोडा ढुँगा ब्यबसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष टंक भुषाल, केन्द्रीय सल्लाहकार राम थापा, मान बहादुर लामालगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष उमेश शेरचनले क्रसर तथा खानी उद्योग महासंघ प्रति सरकारले हेर्ने दृष्टिकोण र आफुहरुप्रतिको नकारात्मक सोच अन्त्य गर्न आग्रह गर्नुभयो ।