बुटवल, १६ माघ । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा बुटवल देबीनगर ओली पथ स्थित कोर्टमा आयोजना गरिएको फाईनल प्रतिष्प्रधामा एपिएफकै बोधित डिसीलाई पराजित गर्दै कपालीले उपाधि हात पारेका हुन् । यसैगरी छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी छन् ।
यसैगरि प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भएका छन् भने छात्रातर्फ एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएका छन् । प्रतियोगितामा उपाधि विजेतालाई नगद रु २५ हजार, उपविजेतालाई रु १५ हजार तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद रु ५÷५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, राष्ट्रिय रेफ्री नर बहादुर क्षेत्री, संघका सल्लाहकार कृष्णकुमार श्रेष्ठ, अध्यक्ष सुरेन्द्र कुमार शाक्य, सचिव महेश खनाललगायतले विजयी खेलाडीहरुलाई बधाई सहित शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रतियोगितामा ९६ जना खेलाडीको सहभागिता रहेको थियो ।
