Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फागुनमा हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फागुनमा हुने

संसारपोस्ट संवाददाता · १६ माघ २०७७ · 0
बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फागुनमा हुने
100
SHARES
ShareTweet

बुटवल, १६ माघ । कोभिड–१९ महामारीको कारण गत असोजमा रोकिएको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी फागुनमा हुने भएको छ । बिहिबार बसेको कार्यसमितिको बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन आगामी फागुनको १०–१३ गते गर्ने निर्णय गरेको हो । यस अंगाडी संघले असोजको २६–२८ मा तोकेको साधारण सभा तथा अधिवेशन कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो ।
साधारण सभा तथा अधिवेशनको मिति निर्धारण गर्दै कार्यसमिति बैठकले तयारीको लागि बिभिन्न विषयगत समिति समेत गठन गरेको छ । कार्यसमिति बैठकले साधारण सभा तथा निर्वाचन स्थल व्यबस्थापनको लागि कार्यसमिति सदस्य प्रकास श्रेष्ठ, खाना तथा जलपान व्यबस्थापनको लागि कार्यसमिति सदस्य बसन्त ढकाल, किटव्याग तथा रजिष्ट्रेसन व्यबस्थापनको लागि कार्यसमिति सदस्य मुक्ति अधिकारी, प्रस्ताव समितिको संयोजकमा कार्यसमिति सदस्य प्रतिक पोखरेल, सदस्यता मत सर्वेक्षणमा कार्यसमति सदस्य करुण खनाल र स्वागत सत्कार व्यबस्थापनमा कार्यसमिति सदस्य धनकुमारी खनाललाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
संघको अधिवेशन सम्पन्न गर्नको लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुमा पत्रकार खिमानन्द भट्टराई र अधिवक्ता गोविन्द मरासिनीलाई चयन गरिएको छ । संघले प्रत्येक तीन वर्षमा वितरण गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गर्नको लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा छनौट समिति निर्माण गरिएको छ । त्यस्तै उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । साधारण सभामा प्रस्तुत गर्नुपर्ने कुनै प्रस्तावहरु भएमा फागुन २ गते भित्र लिखित रुपमा सचिवालयमा उपलब्ध गराउन समेत सदस्य उद्योग व्यबसायीलाई आग्रह गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको बि.सं. २००९ साल फागुन १० गते स्थापना भएको थियो । संघको स्थापना दिवस बिशेष कार्यक्रमको लागि कार्यसमिति सदस्य भेषराज गैरेको संयोजकत्वमा समित गठन गरिएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा संघका पूर्व अध्यक्ष सम्मान लगायतका कार्यक्रम गरिने संयोजक गैरेले बताउनु भयो ।

≪ Previous Post

देशभरका क्रसर ब्यवसायीहरु बुटवलमा

Next Post ≫

एपिएफका संयोग कपाली र आर्मीकी दिया देउवालाई उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क