बुटवल, १६ माघ । देशभरका क्रसर ब्यवसायीहरु लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलमा भेला भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनका लागि ब्यवसायीहरु बुटवलमा आएका हुन् । महासंघको साधारण सभा बुटवल मिलनचोक स्थित होटल सिद्धार्थमा चलिरहेको छ । आज र भोली दुई दिनसम्म चल्ने महासंघको साधारण सभा तथा अबिधेसनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ ।
साधारण सभाको पूर्व सन्ध्यामा महासंघले गरेको पत्रकार भेटघाट कार्यक्रममा देशको आर्थिक विकासमा टेवा दिएका क्रसर ब्यवसायीलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।
महासंघका संस्थापक अध्यक्ष उमेश शेरचनले सरकारले क्रसर ब्यवसायीलाई हेर्ने दुष्टि र नकारात्मक सोचको अन्त्य गर्नुपर्ने वताउनु भयो । ब्यवसायीमा लायसेन्स नविकरण अहिले सबैभन्दा ठूलो समस्या रहेको बताउदै अध्यक्ष शेरचनले रातारात अबैधको धब्बा सरकारले लगाउदा आफुहरुको लगानी डुवेको उल्लेख गर्नुभयो । खोलाबाट २५ मिटर दुरिबाट एकाएक ५ सय मिटर तोकिनु सरकारको गलत निर्णय भएको उहांले वताउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपाने, उपाध्यक्ष शिव पाठक, महासचिव पुरुपोत्तम रेग्मी, लुम्बिनी प्रदेशका संयोजक गोपाल ज्ञवालीलगायतले ब्यवसायीले भोग्नु परेका समस्याका बारेमा धारणा राख्न्ु भएको थियो । देशभर ५ सय हाराहारीमा ब्यवसायी रहेको छन् ।