बुटवल, १६ माघ । तिनाउ सोसियल ग्रुप बुटवलले रक्तदान गरेको छ । सहिद दिवसको अवसर पारेर ग्रुपले शुक्रबार पहिलो पटक रक्तदान कार्यक्रम २०७७ आयोजना गरेको हो ।
कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिनुभयो । हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान अनिवार्य गर्नु उदाहरणिय कार्य भएको उहांले बताउनुभयो ।
यसैगरि कार्यक्रममा नियमित रक्तदानमा सहभागि भएर ६० पटक भन्दा बढि रक्तदान गर्नुभएकी बुटवलकी रुपकेशरी बज्राचार्यलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, क्लबका अध्यक्ष श्याम थापा, सचिव मिन सेन्चुरीले सम्मान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक अशोक राईले जानकारी गराउनु भयो । यसैगरि सोही कार्यक्रममा ग्रुपको नयाँ टिसर्ट लन्च समेत गरिएको छ । कोभिड १९ को महामारीको अवस्थामा सहयोग जुटाउन उठेको युवाहरुको समूह अहिले सामाजिक कार्यमा लागेको छ ।