Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल

संसारपोस्ट संवाददाता · १३ माघ २०७७ · 0
सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा प्रगतिशिल छौं : घनश्याम भुसाल
130
SHARES
ShareTweet

बुटवल, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुसालले संसद विघटनलाइ अदालतले सदर गरे हालको व्यवस्था प्यारालाइज हुने र न्यायपालिकामाथि आक्रमण शुरु हुने बताउनुभएको छ । मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाइ सदर गर्न नहुने बताउनु भएको हो ।
‘प्रतिनिधि सभा विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज्ड हुन्छ र न्यायपालिकामाथि आक्रमण शुरु हुन्छ’ पुर्व कृषि मन्त्रि समेत रहनुभएका भुसालले भन्नुभयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासंग बदला लिन प्रधानमन्त्रि ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै नेता भुसालले संविधानको रक्षा गर्दै कार्यपालिका र व्यवस्थापिकालाइ ठिक स्थानमा राख्ने दायित्व अदालतको भएको बताउनु भयो । ‘संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र भविष्यमा अर्को केपी ओलीको जन्म हुन्न’ भुसालले भन्नुभयो ।
अदालतको स्वतन्त्रता र स्वच्छताका लागि आफ्नो पार्टीले आन्दोलन गरेको उल्लेख गर्दै नेता भुसालले भन्नुभयो–‘कुनै प्रकारको सेटिङले अदालतलाई प्रभावित नगरोस् भन्ने मात्रै हाम्रो आशय हो, सेटिङ नै भएको छ भन्ने दावी होइन ।’ सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहारमा ओली समूह भन्दा आफुहरु बेटर र प्रगतिशिल रहेको समेत नेता भुसालले दावी गर्नुभयो । एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको समेत नेता भुसालले उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले अहिलेको आन्दोलन संविधान, गणतन्त्र र राष्ट्रियता रक्षाको आन्दोलन भएको बताउनुभयो । कार्यक्रममा अग्रज पत्रकार बालकृष्ण चापागाई, प्राध्यापक डा. माधव पन्थी, लेखक ऋषि आजाद, मदनलाल पौड्याल, लिलाबल्लभ ढकाल, सिद्धिचरण भट्टराई, पत्रकार माधव नेपाल, शरण कर्माचार्य, भुवन कार्की, गुनाराम घिमिरेले लगायतले बोल्दै यसअघिका संसद विघटन अलोकतान्त्रिक भएपनि संवैधानिक भएको तर यसपटकको विघटन असंवैधानिक र प्रतिगामी भएकाले संयुक्त आन्दोलनमा जोड दिनुभयो ।

≪ Previous Post

नेपाल पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनको ध्यानाकर्षण

Next Post ≫

प्रतिनिधि सभा बिघटन बिरुद्ध (नेकपा)प्रचण्ड–माधव समूहको बुटवलमा बिरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क